Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्वास्थ्यमन्त्री खनालद्धारा धुर्कोटमा १५ शय्या अस्पतालको उद्घाटन


१५, माघ २०८०
  • 294
    SHARES
  • स्वास्थ्यमन्त्री खनालद्धारा धुर्कोटमा १५ शय्या अस्पतालको उद्घाटन

    गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ। अस्पतालको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै मन्त्री खनालले संबिधानमा सुनिश्चित गरेको आधारभुत स्वास्थ्य सेवा स्थानिय तहसम्म पुर्‍याउने लक्ष्यसहित सरकार अघि बढेको बताउनुभयो।

    उहाँले अस्पतालहरूमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै स्तरिय उपचार सेवा प्रदान गर्न सकिने बताउनुभयो । आबश्यक जनशक्तिको लागी प्रदेश मन्त्रालयले आह्वान गरेको प्राविधिक जनशक्तिमा दर्खास्त दिन नै नआउँदा समस्या परेको बताउनुभयो ।

    मन्त्री खनालले आवश्यक्ता र दिगोपनको सुनिश्चिता हुने गरि योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिदैँ स्थानिय तहलाई उपकरण तालिम जनशक्ति समेत उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो । त्यसैगरी स्वास्थ्य मन्त्रालयका सचिब डाक्टर जनार्दन पन्थीले गुणस्तरीय सेवा दिन निर्देशन दिनुभयो। 

    धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रबाट आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक सबै प्रबन्ध गरेपछि सेवा प्रारम्भ गरिएको गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताउनुभयो। गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माणको सम्झौता गरे पनि सोचेअनुसार काम नभएकाले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत नै सेवा विस्तार गरेको पोख्रेलले बताउनुभयो ।

    गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले गाउँपालिको अबस्था पालिकाले लिएको नीति तथा भैरहेको कामको बारेमा जानकारी गराउनु भएको थियो।

    धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतसहितका जनशक्ति पहिलेदेखि नै छन्। ओपिडी, एक्स–रे, ल्याब, माइनर अप्रेसन, स्वास्थ्य बिमासहित २४सै घन्टा इमर्जेन्सी सेवा, बर्थिङ तथा एम्बुलेन्स सेवा प्रदान हुने धुर्कोट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिनुभयो।

    धुर्कोट गाउँपालिकामा अब आधारभूत अस्पतालसहित ६ स्वास्थ्य चौकी, दुई सामुदायिक स्वास्थ्य एकाइ र दुई आयुर्वेद औषधालय रहेका छन्।

    कार्यक्रममा आधारभूत अस्पताललाई विभिन्न समयमा सेवा दिनु भएका स्वास्थ्यकर्मी तथा कर्मचारी र जग्गा दातालाई सम्मान पत्रले सम्मान गरिएको थियो । उक्त कार्यक्रम धुर्कोट आधारभूत अस्पताल सञ्चालक समितिका अध्यक्ष देबेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।1706508219142.jpg1706508219115.jpg

     

     

     

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend