Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रादेशिक अस्पतालमा बिरामीलाई रगत निःशुल्क


१९, माघ २०८०
  • 225
    SHARES
  • प्रादेशिक अस्पतालमा बिरामीलाई रगत निःशुल्क

    काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट प्रादेशिक अस्पतालले भर्ना भएका बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क रुपमा उपलब्ध गराउन ब्लड बैंकको सुरुआत गरेको छ । 

    बागमती प्रदेश सरकारले २०७९ चैतमा तयार गरेको कार्यविधिअनुसार जिल्ला स्वास्थ्य कार्यालयले मेथिनकोट अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन सम्झौता गरेअनुसार ब्लड बैंकको स्थापना गरिएको जनाइएको छ ।

    उक्त ब्लड नगरपालिकाका प्रमुख कुन्साङ लामाले बिहीबार एक कार्यक्रमका बीच ब्लड बैंकको शुभारम्भ गर्नुभएको हो । अस्पतालले ब्लड बैंकका लागि आवश्यक पूर्वाधार व्यवस्थापन नभएका कारण करिब एक वर्ष ढिला भएको जनाएको हो । चालु आर्थिक वर्षको छ महिनापछि बिहीबारदेखि अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराइने भएको हो । 

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालका अनुसार ब्लड बैंक सञ्चालनसँगै आकस्मिक रुपमा दुर्घटना भएका बिरामीका लागि तथा अन्य अवस्थामा बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ । ब्लड बैंकको स्थापनापछि सबै प्रकारका रोगको रगत परीक्षण तथा अन्य सेवा उपलब्धसमेत गराउने उद्देश्य रहेको जनाइएको छ । 

    यस्तै अस्पतालमा ओपिडी, आकस्मिक तथा शल्यक्रियासहितको सेवा सुरु भइसकेको छ । मिर्गौला रोगीका लागि डायलासिस सेवालाई पनि निरन्तरता दिइएको छ ।

    विसं २०६६ मा स्थापित अस्पतालमा हाल दैनिक एक सयभन्दा धेरै बिरामीलाई सेवा दिने गरिएको छ । अस्पतालले आगामी फागुन ५ गते आफ्नो स्थापनाको अवसरमा सिटी स्क्यान सेवा सुरु गर्ने योजना बनाएको छ । 

    अस्पतालमा ब्लड ब्याग र रक्त परीक्षणका लागि आवश्यक शुल्क जिल्ला स्वास्थ्य कार्यालयले रेडक्रस काभ्रेपलााञ्चोकको ब्लड बैंकमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । कार्यालयले यसै अवसरमा जिल्लास्थित रेडक्रसको ब्लड बैंकमा पनि उक्त सुविधा उपलब्ध गराउने जनाएको छ ।

    अस्पतालले सघन कक्ष (आइसियु) र नवजात शिशुको सघन कक्ष (एनआइसियु) सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीयमा स्तरोन्नति गराइएको उक्त अस्पताल १५ बाट ५० श्ययामा व्यवस्थित गरिएको छ । 

    अस्पतालमा हाल हृदयाघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइँदै आएको छ भने मानसिक रोगको उपचार, हाडजोर्नी, बाल रोग विशेषज्ञ तथा सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend