Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हट एयर बेलुनलाई नौ हजार फिटसम्म उड्ने अनुमति


२०, माघ २०८०
  • 252
    SHARES
  • हट एयर बेलुनलाई नौ हजार फिटसम्म उड्ने अनुमति

    काठमाडौँ । साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरामा सञ्चालित हट एयर बेलुनले जमिनको सतहबाट नौ हजार फिटसम्म उड्ने अनुमति पाएको छ ।

    यसअघि तीन हजार फिटसम्म मात्रै उडान अनुमति पाएको बेलुन नेपालले अब पोखराको निश्चित क्षेत्रमा नौ हजार फिटसम्म उडान गर्ने अनुमति पाएको हो ।

    बेलुन नेपालका अध्यक्ष विक्रम बाडेका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखराको लौरुकदेखि चङ्खपुर क्षेत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्सी निरन्तर सम्पर्कमा रहने गरी नौ हजार फिटसम्मको उडान अनुमति पाएको हो ।

    उहाँले भन्नुभयो, “दुई थान हट एयर बेलुनमार्फत बिहान दुई र बेलुका एक उडान गर्दै आएको कम्पनीले थप उचाइको अनुमति पाएको छ । अब पर्यटकले अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपासको दृश्य र सूर्योदय तथा सूर्यास्त अझ राम्रोसँग देख्न पाउने छन् ।”

    उडान स्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुनको उत्पादक कम्पनीको फ्लाइट म्यानुअलसमेतको अध्ययनपछि अनुमति प्राप्त गरेको उहाँले बताउनुभयो । कम्पनीसँग रहेका दुई थान हट एयर बेलुन युरोपेली मापदण्डको रहेको र उडान भर्ने पाइलट अमेरिकी र स्पेनिस नागरिक रहेको उहाँले जानकारी दिनुभयो ।

    सन् २०१८ देखि सञ्चालनमा रहेको कम्पनीले ४० मिनेटको उडान गराउँदै आएको छ । उडानको समयमा ठुलो एयर बेलुनको भारवहन क्षमता ५४० केजी र सानो एयर बेलुनको चार सय केजी क्षमता रहेको उहाँले बताउनुभयो । त्यस्तै ठुलो एयर बेलुनमा आठ र सानो एयर बेलुनको बास्केटमा पाँच जना अट्ने क्षमता रहेको छ ।

    हट एयर बेलुनमा यात्रा गर्ने यात्रुको पनि हवाई यात्रुको जस्तै २० हजार डलरको यात्रु बिमा गरिएको छ । उडानका लागि नेपाली पर्यटकले नौ हजार पाँच सय रुपियाँ, तेस्रो मुलुकका पर्यटकलाई १३० डलर र दक्षिण एसियाली मलुकका पर्यटकलाई १३ हजार रुपियाँ उडान शुल्क तोकिएको छ । 

    त्यस्तै तीनदेखि नौ वर्षका बालबालिकाका लागि प्रतिव्यक्ति पाँच हजार रुपियाँ शुल्क कायम गरिएको । भारत र चीनमा सञ्चालित हट एयर बेलुनको तुलनामा नेपालमा उडान शुल्क सस्तो रहेकाले उडानमा सहभागी यात्रुमध्ये ७० प्रतिशत यात्रु छिमेकी मुलुकका हुने गरेको कम्पनीको दाबी छ ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend