Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पर्यटन बोर्डमा क्षमतावान् व्यक्ति नियुक्तिको माग


२२, माघ २०८०
  • 236
    SHARES
  • पर्यटन बोर्डमा क्षमतावान् व्यक्ति नियुक्तिको माग

    काठमाडौँ । पर्यटन क्षेत्रका अगुवाहरुले नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पर्यटन क्षेत्रको विकासलाई केन्द्रमा राख्ने क्षमतावान् व्यक्ति नियुक्ति गर्न माग गरेका छन् ।

    आज नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज संस्थाले पर्यटनमन्त्रीलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।   

    नेपाल पर्यटन बोर्डमा प्रतिनिधित्व गर्ने व्यक्ति पर्यटन क्षेत्रमा सक्रिय रहेको हुनुपर्नेमा ती संस्थाले जोड दिएका छन् । नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन एवं सकारात्मक प्रभाव ल्याउन तथा विश्व पर्यटन बजारबाट लाभ उठाउने क्षमताको व्यक्ति बोर्डको आवश्यकता भएको उनीहरुले बताएका छन् ।

    नेपाल पर्यटन बोर्ड ऐन, २०५३ दफा ९ को उपदफा (२) को खण्ड (छ) मा पर्यटन प्रवद्र्धन गर्ने कार्यमा संलग्न रहेका पर्यटन व्यवसायी, पर्यटन तथा प्राकृतिक तथा सांस्कृतिक सम्पदासँग सम्बन्धित निजी क्षेत्रका विशेषज्ञमध्येबाट नेपाल सरकारले दफा १० को अधीनमा रही मनोनीत गरेका पाँचजना सदस्य रहने गरी ११ सदस्यीय बोर्डको कार्यकारी समिति रहने व्यवस्था छ ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend