Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युवा अभियानले मानसिक स्वास्थ प्रवर्धन कार्यक्रम गर्ने


४, फागुन २०८०
  • 151
    SHARES
  • युवा अभियानले मानसिक स्वास्थ प्रवर्धन कार्यक्रम गर्ने

    काठमाडौं । युवा अभियानले आउदै गरेको विश्व सामाजिक मञ्चलाई लक्षित गरी मानसिक स्वास्थ प्रवर्धन कार्यक्रम गर्ने भएको छ ।

    फेब्रुअरी १७ तारिकको दिन अमुल्य चुनौती र अवसरहरूले भरिएको युगमा युवाहरूको मानसिक स्वास्थ्य र कल्याण सर्वोपरि भएको छ भन्ने कुरालाई आत्मसाथ गर्दै युवा अभियान, अन्तरास्ट्रिय युवा समाज, कायपल्टको आयोजना र युवा एडभोकेसी नेपालको समन्वयमा उक्त कार्यक्रम हुन लागेको हो। 

    यस पहलले भविष्यमा आउन सक्ने मानसिक स्वास्थ्यको चुनौतिलाई नियन्त्रण गर्न युवाले खेल्ने अभिन्न भूमिकालाई मान्यता दिँदै विश्वव्यापी रूपमा युवाहरूको मानसिक स्वास्थ्यका  चिन्ताहरू न्युनिकरण गरी सभ्य र स्वस्थ समाज निर्माणमा युवा जनशक्तिको अतुलनीय योगदानको चर्चा गर्ने युवा अभियानको सचिव  सुस्मिता यादबले जानकारी दिनुभयो।

    मानसिक स्वास्थ्य अहिलेको संसारमा निकै महत्वपूर्ण एवम् चुनौतिपुर्ण विषय हो । अहिले पूर्ण रुपमा स्वस्थ हुन शारीरिक एवम मानसिक तहमा तंदुरुस्त हुन नितान्त जरुरि छ। विश्वका २० प्रतिशत युवा मानसिक रूपमा अस्वस्थ  रहेको विभिन्न तथ्याङ्कले जनाउँछ।  

    सन् २०१२ मा भएका विभिन्न अध्ययनका आधारमा ८५ देखि ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या न्युन र कम आय भएका देशका युवामा रहेको छ भने ५ प्रतिशत उच्च आय भएका देशका छन् । 

    युवामा मानसिक समस्याका कारण : वंशाणुगत, व्यक्तित्व र अभिभावकको उच्च आकांक्षाको स्तर, बाल्यावस्थाको आधार र बाल्यकालीन संवेगात्मक बेवास्ता, रुचि र करिअर छनोटमा तालमेल नहुनु, सामाजिक सांस्कृतिक गलत प्रतिस्पर्धा, बालमनोविज्ञानको अभाव, आमाबुबा र पारिवारिक झैझगडा रहेको अध्ययनले देखाएको छ ।

    त्यस्तै वैवाहिक जीवन सोचेजस्तो नहुनु, बेरोजगारी, वैदेशिक रोजगारी र पारिवारिक विछोड, आघातजन्य घटना, मानसिक समस्याप्रति लान्छना र भेदभाव, रीतिरिवाज, धर्म, संस्कृति र परम्परा, इन्टरनेट र लागूऔषधिको दुरुप्रयोग, आर्थिक संकट र दीर्घरोग, संस्कार र युवा भावनाबीच मतभेद, सञ्चार, फेसन र सिकाइ  रहेको अध्ययनले देखाएको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend