Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ईण्डो नेपाल धार्मिक पर्यटन यात्रा २०२४ शुरु


४, फागुन २०८०
  • 753
    SHARES
  • ईण्डो नेपाल धार्मिक पर्यटन यात्रा २०२४ शुरु

    बुटवल । सिद्ध भुमि सिद्घबाबा र गोरखनाथ बाबाको सम्बन्धबारे प्रचार गर्दै धार्मिक र साहसिक खेल पर्यटन विकास गर्ने उदेश्यका साथ दुई दिने ईण्डो नेपाल धार्मिक पर्यटन यात्रा २०२४ शक्रबार शुरु भएको छ । 

    बुटवलका साइकल अगुवाहरुको पहलमा शुक्रबार र शनिबार दुई दिने ईण्डो नेपाल धार्मिक पर्यटन यात्रा २०२४ को प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव  जयप्रकाश भट्टराई सहितको एक दर्जन यात्रीलाई सिद्धबाबा धाम मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष अम्मर खड्का, सल्लाहकार लकुश श्रेष्ठलगायतले बिदाई गरे। 

    कार्यक्रममा आफै सहभागी प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले निक्कै महत्वपुर्ण र ऐतिहासिक कार्यक्रम भएको बताए । साईकल मानव स्वस्थ्य, पर्यटन र खेलसंग जोडिएको भन्दै नेपालमा यसैबाट राम्रो सम्भावना रहेको औल्याए। 

    टोलीलाई नेपालभारत सिमामा सिद्धार्थनगर वडा नं १ का वडाअध्यक्ष उज्वल पोखरेल, नाटा लुम्बिनीका अध्यक्ष रचना पन्त लगायत टिमले रुद्राक्ष माला र शालिग्राम हस्तान्तरण गर्दै यात्रा सफलताको कामना गरे।

    यसैबिच फरेन्दास्थित आनन्द नगरको नगर पार्षद रबि पासवानसहितको टिमले भब्य स्वागत गर्दै निक्कै खुशि ब्यक्त गरे। नेपालभारतको सम्बन्धलाई नया सिराबाट जोड्ने अभियानलाई उनले स्वागत गरे। 

    कार्यक्रममा बुटवल युनाइटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले २१ सय वर्षअघि भारतवर्षमा पर्ने उज्जैनका चक्रवती सम्राट भतृहरि राजाको वैराग्यपछि उत्तरापन्थ सिद्धबाबा क्षेत्रमा तपस्या गरि सिद्धि प्राप्त गरेको किवदन्तीलाई उजगार गर्ने गरि साईकलयात्रा गरेको बताए।

    गोरखनाथ बाबाको निर्देशनमा भतृहरि राजा नेपालका आएर ध्यान गरि सिद्ध प्राप्त गरेको पवित्र र तपोभुमिको प्रचारप्रसार गरि पर्यटक भित्र्याउने सम्भावना रहेको उनले बताए।

    कार्यक्रम संयोजक रबिलाल सुबेदीले नेपाल-भारतको पुरानो सम्बन्धलाई उजगार गर्दै धार्मिक पर्यटन बढाउने गरि कार्यक्रम गरेको बताए । कार्यक्रम २० जना साईकलयात्रीहरु सहभागी छन।423036221_366655579480092_2597348107378482265_n.jpg428387318_402462045612939_8559372627538026477_n.jpg

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend