Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संघिय निर्वाचित सांसद विहिन अर्घाखाँची


१२, फागुन २०८०
  • 239
    SHARES
  • संघिय निर्वाचित सांसद विहिन अर्घाखाँची

    अर्घाखाँची । अर्घाखाँचीमा नेपाली कांग्रेस, माओवादी, जनमोर्चा, एकीकृत समाजवादी लगायतका दलहरूले गठबन्धन गरी नेकपा एमाले विरुद्ध चुनावी मैदानमा होमिएपनी नेकपा एमालेका उम्मेद्वार टोपबहादुर रायमाझीको संसदयात्रा रोकिएन ।

    वि.स.२०६४, २०७०, २०७४ हुँदै २०७९ को निर्वाचनमा समेत उनलाई कसैले छेक्न सकेन । फलस्वरुप उहाँले चौथोपटकपनी सांसद पदको शपथ लिनुभयो । 

    निर्वाचित भएको करिव ५ महिना मै टोपबहादुर रायमाझी विरुद्ध नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा संलग्न रहेको आरोपमा २०८० वैशाख २० गते पक्राउ पुर्जी जारी भयो । रायमाझि २०८० वैशाख ३१ गते साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ पर्नुभयो ।

    रायमाझी सहित पक्राउ परेकाहरूलाई चारवटा कसुरमा २८ करोड ८१ लाख रुपैयाँ बिगो, ठगिएको रकम फिर्ता र कैद सजाय मागदाबीसहित मुद्दा दर्ता भएको थियो । मुद्दा दायर भएको २ दिनपछि जेठ १२ बाट अदालतले अभियुक्तहरूसँग थुनछेक बहस अघिको बयान लिएको थियो ।

    जेठ १९ मा बयान टुंग्याएकोमा त्यसको दुई दिनपछि २१ गतेबाट थुनछेक बहसका लागि इजलास बसेको थियो ।त्यसको भोलिपल्ट २२ गतेबाट ३ दिनसम्म सरकारी वकिलले मुद्दाको पक्षमा बहस गरेकामा भोलिपल्टदेखि प्रतिवादीतर्फको कानुन व्यवसायीहरूले बहस गरेका थिए । प्रतिवादीका कानुन व्यवसायीहरूको बहस जेठ ३२ गते टुंगिएको थियो ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको अपराधका रायमाझी सहितका १६ अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालतले २०८० असार १ आदेश दियो ।

    टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा गएसँगै प्रतिनिधिसभा नियमावलीको नियम २४८(३) अनुसार उहाको प्रतिनिधिसभा सदस्य पद निलम्बित भयो ।

    समानुपातिक तर्फ बिजुला रायमाझि र शुसिला श्रीपाली सांसद रहेतापनी एकमात्र संघिय निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा प्रत्यक्ष निर्वाचित प्रतिनिधी नहुदा विकासनिर्माणले गतीलिन नसकेको जिल्लावासीको गुनासो छ ।

    उहाँ निलम्बनमा परेको यो पहिलोपटक भने होइन । यसअघि पनि उहाँको २० महिना अवधि खाली रहेको थियो । एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित हुँदा उहाँ एमाले खेमामा रहनुभएको थियो ।

    उहाँ पहिले संलग्न रहेको पार्टी नेकपा माओवादी केन्द्रले पार्टीको साधारण सदस्य नरहनेगरी कारबाही गरेपछि २०७७ चैत्र २६ गते संसद् सचिवालयले सांसद पदबाट हटाएको थियो । त्यसपछिको २० महिना अर्घाखाँची प्रतिनिधिसभा प्रत्यक्ष सांसदविहीन भएको थियो ।

    अघिल्लो कार्यकालमा रायमाझीको सांसद पद खारेज हुँदा २० महिना रिक्त रहेको निर्वाचन क्षेत्र यसपटक पूरै अवधि रिक्त रहने हो कि भन्ने शंका छ ।

    उहाँसँगै हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँड र रायमाझीका छोरा सन्दीप रायमाझी थुनामुक्त हुँदासमेत उहाँ थुनामै रहनुले यसपटकको पूरै कार्यकाल संघीय प्रतिनिधिविहीन हुने हो कि भन्ने चिन्ता जिल्लावासीमा बढेको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend