Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा आगलागी नियन्त्रणको पूर्वअभ्यास


१९, फागुन २०८०
  • 151
    SHARES
  • अर्घाखाँचीमा आगलागी नियन्त्रणको पूर्वअभ्यास

    अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ मा रहेको टुँडिखेलमा आगलागीका घटना न्यूनीकरण गर्न कृत्रिम घटना सृजना गरी नियन्त्रणको पूर्वअभ्यास गरिएको छ । 

    जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसले संयुक्तरुपमा ‘डेमो’ प्रदर्शन गरेका हुन् ।

    हावाहुरीको समय भएकाले आगलागीका घटना हुन सक्ने हुँदा यसबाट बच्ने उपायसहित पूर्वअभ्यास गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रतितसिंह राठोरले बताउनुभयो । 

    अर्घाखाँचीमा गत वर्ष ४२ स्थानमा आगलागी भएको थियो । एक हजार ६६ हेक्टर जङ्गलमा आगलागी हुनाका साथै आगलागीमा परी गत वर्ष पाँचजनाले ज्यान गुमाएका प्रनाम राठोरले बताउनुभयो । 

    घटना नदोहोर्‍याउन, भइहाले कमभन्दा कम क्षतिमा न्यूनीकरण गर्न, सुरक्षाकर्मीसँग भएका आवश्यक सरसमान परिचालन गर्ने, अपुग सामग्रीको व्यवस्थापन गर्नेलगायत विषयको पूर्वतयारीका लागि जिल्लाका सुरक्षा निकायले पूूर्वअभ्यास कार्यक्रम गरेको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताउनुभयो । 

    टुँडिखेल मैदानमा आगलागीसम्बन्धी डेमो प्रदर्शन गरिएको भन्दै यो विपद् नियन्त्रणका लागि फलदायी अभ्यास भएको उहाँको भनाइ छ । कृत्रिम भए पनि घटनालाई वास्तविक जस्तै बनाइएको थियो । 

    घटनामा तीनवटै सुरक्षा निकाय, रेडक्रस, र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रण, उद्धार तथा घाइतेको उपचारको व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष कुशल भुसालले बताउनुभयो । 

    तराई, पहाड तथा सहरी क्षेत्रमा आगलागीको जोखिम भएकाले स्थानीयलाई सुसूचित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला विपद् व्यवस्थापन समिति अर्घाखाँचीले जनाएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend