Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलकाे सिद्धबाबा धाम परिसरमा सरसफाइ


१९, फागुन २०८०
  • 165
    SHARES
  • बुटवलकाे सिद्धबाबा धाम परिसरमा सरसफाइ

    बुटवल । महाशिवरात्री पर्वकाे अवसर पारेर बुटवलकाे सिद्धबाबा धाम परिसरमा सरसफाइ गरिएकाे छ ।

    शनिबार बुटवल लेडी जेसिज वर्ष २४ काे आयाेजनामा आउँदै गरेकाे महाशिवरात्रीलाई मध्यनजर गर्दै सिद्धबाबा धाम परिसरमा सरसफाइ गरिएकाे हाे ।

    कार्यक्रममा बाेल्दै सिद्धबाबा धाम विकास समितिका अध्यक्ष नारायण प्रसाद आचार्यले बुटवल लेडी जेसिजले सामाजिक उत्तरदायित्वअन्तर्गत धार्मिक क्षेत्र राेजेकाेमा खुसी व्यक्त गर्दै अन्य यस्तै सामाजिक कामहरू गर्न आग्रह गरे । 

    कार्यक्रममा पूर्व अध्यक्ष जेसी ज्ञानधरा पन्थले वातावरण सफा र स्वच्छ भएमा मात्रै हामीले सबै काम गर्न सकिने भन्दै सिद्धबाबा धाम परिसरकाे सरसफाइले राम्रो सन्देश दिएकाे बताइन् । नेपाली सेना गरूण दल गणकाे सहभागितामा मन्दिर परिसरमा रहेका फाेहर संकलन गरिएको थियाे । 

    नेपाली सेना गरूण दल गण रामनगर ब्यारेककम सेकेन्ड लेफिनेन्ट कृष्णबहादुर चन्द , बुटवल लेडी जेसिज वर्ष २३ का अध्यक्ष कमला लम्साल , सल्लाहकारहरू सिनेटर राधिका पाेखरेल , जेसी कल्पना पाण्डे र वर्ष २४ का पदाधिकारीहरूकाे सहभागिता रहेकाे थियोे । 

    कार्यक्रमकाे समापन गर्दै वर्ष २४ का अध्यक्ष संगीता ढकालले अमूल्य सहयाेग गरेकाेमा सबैलाई धन्यवाद व्यक्त गर्दै जेसिजकाे सामाजिक तथा धार्मिक उत्तरदायित्वअन्तर्गत मन्दिर परिसर सरसफाइ गरिएको बताइन् ।

    बुटवल लेडी जेसिजले जेसीजका चारवटा क्षेत्रअन्तर्गत सामुदायिक क्षेत्रमा रहेर समाजमा प्रभाव हुने काम गरेकाे अध्यक्ष ढकालकाे भनाइ छ ।

    महासचिव रूपा श्रेष्ठले सञ्चालन गरेकाे कार्यक्रममा जेसी कृति पाण्डेले जेसिजकाे भिजन र मिसन प्रस्तुत गरेकी थिइन् भने   अपूर्वा खनालले जेसिजकाे आस्था वाचन गरेकी थिइन् । कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष सपना ज्ञवाली गैह्रेकाे स्वागत रहेको थियाे ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend