Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्याराग्लाइडिङ उडान नियमित गरिँदै


२२, फागुन २०८०
  • 236
    SHARES
  • प्याराग्लाइडिङ उडान नियमित गरिँदै

    गाईघाट । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले तीन वर्षपहिलेबाट सुरु गरिएको प्याराग्लाइडिङका अभ्यास उडान आजभोलि उदयपुरका फरक फरक स्थानमा नियमित सञ्चालन हुँदै आएका छन् ।

    उदयपुरको त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई गाउँपालिकामा गरिएका सबै परीक्षण सफल भएपछि व्यवसायीले यस विषयलाई चासो दिन थालेको प्याराग्लाइडिङ प्रशिक्षार्थी तथा त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहकार जितु रोइलाले बताउनुभयो ।  

    सफल उडानसँगै जिल्लाको वेलका नगरपालिकामा विगत चार वर्षदेखि सञ्चालित फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुलले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण गरी उडान अभ्यासहरू गराउँदै आएको सो स्कुलका मुख्य प्रशिक्षक सुरेन गुरुङले बताउनुभयो । 

    मुख्य प्रशिक्षक गुरुङका अनुसार नेपालमै पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ तालिम (एप्पिप्रो एन्ड वर्कस) आइतबार सम्पन्न गरिएको छ । बङ्गलादेश, हङकङ, भारत र नेपालका गरी १९ जना प्याराग्लाइडिङ पाइलटको सहभागिता रहेको १० दिवसीय उक्त तालिममा अल्बानियाबाट आएका प्रमुख प्रशिक्षक युरोपियन नागरिक रोनाल्डले प्याराग्लाइडिङ उडानका लागि उदयपुरको वेलका नेपालकै उत्कृष्ट स्थान भएको र यसको भविष्य उज्यालो रहेको बताउनुभयो । 

    बङ्गलादेश, हङकङ र भारतका विभिन्न स्थान तथा पोखरालगायत नेपालका विभिन्न भागमा प्याराग्लाइडिङ उडान गरिरहेका पाइलटलाई थप सिप र सुरक्षाका लागि यो तालिमको आयोजना गरिएको र यो नेपाली प्याराग्लाइडिङको इतिहासमा धेरै प्रभावकारी भएको उक्त स्कुलका मुख्य प्रशिक्षक गुरुङ बताउनुहुन्छ ।  

    उदयपुरको उत्तरी भेग पहाडी उच्च भूभाग र दक्षिण भेग समथर क्षेत्र भएकाले प्याराग्लाइडिङ उडानका लागि उपयुुक्त मानिने प्रशिक्षक सुरेन गुुरुङले बताउनुभयो । विद्यार्थी प्रशिक्षित गराउन पोखराबाट १४ वर्षको उडान अनुभव लिएर उदयपुर आएका गुरुङले भन्नुभयो, “युवाको आकर्षण बढेकाले स्थानीय तहहरूले समन्वय गरिदिने हो भने व्यावसायिक रूपमै यहाँ प्याराग्लाइडिङ उडान गरी रोजगारी सिर्जना गर्न कुनै अप्ठ्यारो छैन ।” 

    उदयपुरको बेलका नगरपालिकाले वडा नं ८ स्थित बोप्लाङ डाँडाबाट चार सय मिटर उडानको एलिभेसन हाइटसहितको प्याराग्लाइडिङ उडान हुँदै आएको छ । “सप्तकोशीको मनोरम सुन्दर दृश्यसँगै उडान स्थलको डाँडाबाट सोमबारेस्थित अवतरण स्थलसम्म छर्लङ्ङ देख्न सकिने हुँदा बेलकाको प्याराग्लाइडिङमा सुरक्षित उडानको ठुलो अवसर भएको प्रशिक्षक गुरुङ बताउनुहुन्छ । 

    अघिल्ला वर्षबाट नैै विभिन्न परीक्षण उडानहरू सफल भएकाले हाल आन्तरिक र बाह्य पर्यटकका लागि नियमित उडान भइरहेको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताउनुभयो । 

    प्लाराग्लाइडिङले उड्ने र हेर्ने दुुवैका लागि मनोरञ्जन प्रदान गर्नुका साथै पर्यटन प्रवर्धनमा समेत जोड दिने भएकाले यसलाई व्यावसायिक रूपले अघि बढाउन थालिएको त्रियुगा नगरपालिकाले जनाएको छ । त्रियुगा नगरपालिकामा प्याराग्लाइडिङ उडानका लागि नागरिक उड्डयन प्रधिकरणबाट अनुमति प्राप्त भइसकेको र पाइलट उत्पादनका लागि स्कुल सञ्चालनको तयारी गरिएको त्रियु्गा नगर प्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो । 

    गाईघाटबाट ५० किलोमिटर दुरीमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गरी फर्किने पर्यटकलाई त्रियुगा नगरसहित सप्तरी, सिराहासम्मका भूभाग देखिने गरी नवउदय सामुदायिक वनमा प्याराग्लाइडिङका लागि स्टेसन बनाएर नियमित उडान गरिएको नगर प्रमुख बस्नेतले बताउनुभयो । 

    यसअघि कटारी नगरपालिका–७ को पर्यटकीय क्षेत्र मर्जितपुरमा व्यावसायिक उडानका लागि परीक्षण गरिएको थियो । सफल उडानसँगै सो क्षेत्रमा समेत व्यावसायिक प्याराग्लाइडिङको तयारी भइरहेको कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्थानीय गढीकोट पर्यटन व्यवस्थापन समितिले प्याराग्लाइडिङ उडान गरिरहेको छ । 

    आन्तरिक र बाह्य पर्यटकका लागि कटारी नगर क्षेत्रमा प्याराग्लाइडिङ, जिप लाइन र रक क्लाइम्बिङको रौनकसँगै सिमसार क्षेत्रमा बोटिङ, भूगोलपार्क, महादेवको गुफा, वेतेनी डाँडाको चिसो मौसम र दृश्यावोलकनको मनोरञ्जन लिन सकिने उहाँ बताउनुहुन्छ ।

    ७५० मिटरको उचाइमा रहेको मर्जितपुरको डाँडाबाट उडान गरी २५० मिटर तल रहेको सिमसार क्षेत्र आसपासमा अवतरण गर्ने सकिने गढीकोट पर्यटन व्यवस्थापन समिति कटारीका अध्यक्ष सूर्य लामाले बताउनुभयो । 

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend