Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ललितपुरमा ‘यल इतिल्हन सम्यक महादान पर्व’ आयोजना


१, चैत २०८०
  • 146
    SHARES
  • ललितपुरमा ‘यल इतिल्हन सम्यक महादान पर्व’ आयोजना

    ललितपुर । प्रसिद्ध हिरण्यवर्ण महाविहार, क्वाबहालको आयोजनामा ललितपुरमा ‘यल इतिल्हन सम्यक महादान पर्व’ आयोजना गरिएको छ । 

    ‘दिपंकर पर्व’ का नामले समेत प्रख्यात यो पर्व हिरण्यवर्ण महाविहारको स्वर्ण मन्दिर स्थापना गर्ने राजा भाष्करदेवका सन्तति भलिभारोले ‘त्रिरत्नको आशिषले धन प्राप्त गरेको’ले बुद्धप्रति कृतज्ञ हुँदै श्रद्धा एवं दानको उद्देश्यले सम्यक महादान पर्व आयोजना गरेको कथन छ ।

    महादान पर्वका लागि ललितपुरको मुख्य १८ विहारका साथै चापागाउँ, बुंगमति, किर्तिपुर, काठमाडौं, ललितपुर, भक्तपुरका महाविहारहरुबाट दिपंकर बुद्ध, आर्यतारा तथा अन्य देवीदेवताहरुलाई पाटन दरवार क्षेत्रमा भेला गराइएको थियो ।

    बिहीबार विहान ४ बजेदेखि दिउँसो १ बजेसम्म भक्तजनहरुलाई विराजमान दिपंकर बुद्ध तथा देवीदेवताहरुको पूजाआजा तथा दर्शन गराइएको थियो । भूमिशोधन पूजाका साथै दान प्रदान कार्यक्रम भएपछि दिपंकर बुद्ध तथा देवीदेवता आ–आफ्नो विहारमा प्रस्थान गर्ने परम्परा छ । 

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend