Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कञ्चनका राजनैतिक दलहरुले लालपुर्जाको राजस्व घटाउन प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र


५, चैत २०८०
  • 143
    SHARES
  • कञ्चनका राजनैतिक दलहरुले लालपुर्जाको राजस्व घटाउन प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

    कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा कृयाशिल राजनीतिक दलहरुको तर्फबाट राष्ट्रिय भूमि आयोग रुपन्देही र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

    सो अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, राष्ट्रिय भुमि आयोग रुपन्देहीका अध्यक्ष हरिवहादुर आचार्य क्षेत्री, कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    यसअघि कञ्चनका राजनैतिक दलहरुको आईतवार सम्पन्न बैठकले अव्यवस्थित जग्गाको पुर्जा लिन तोकिएको राजस्व धेरै भएकोले तत्काल घटाउन प्रधानमन्त्री सहित सम्वन्धि निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

    कञ्चनका राजनैतिक दलहरुको सर्वदलीय तथा सर्वपक्षीय बैठकले राष्ट्रिय भूमि आयोग रुपन्देहीले गत फागुन २४ गते तोकेको सार्वजनिक सूचना अनुसार कञ्चन ५ को अव्यवस्थित बसोबासीको निम्ति तोकिएको राजस्व कोही अव्यवस्थित बसोबासीले बुझाएर पुर्जा लिन नसक्ने भन्दै न्युन राजस्वको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

    साविक रुद्रपुर गाविसका अध्यक्ष लक्ष्मीकान्त पौडेलको अध्यक्षतामा बसेको बैठकले राजस्व घटाउन आवश्यक परे सडक संघर्षका कार्यक्रम समेत गर्ने निर्णय गर्दै जिल्लाका बिभिन्न राजनैतिक दलका नेताहरु, प्रतिनिधि सभाका सांसद, मन्त्री लगायत राष्ट्रिय भूमि आयोग काठमाण्डौं, मन्त्री तथा प्रधानमन्त्री कार्यालयमा डेलीगेसन जाने, ध्यानाकर्षण गर्ने तथा दवाव दिने निर्णय गरेको हो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend