Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

होलीको रंगबाट आँखालाई कसरी बचाउने ?(६ तरिका)


११, चैत २०८०
  • 259
    SHARES
  • होलीको रंगबाट आँखालाई कसरी बचाउने ?(६ तरिका)

    काठमाडौं । मुलुकको पहाडी क्षेत्रमा आइतबार हर्षोल्लासपूर्वक फागुपर्व मनाइँदैछ । एकापसमा रंग लगाएर मनाइने होलीलाई आपसी भाइचारा र मित्रताको पर्व मानिन्छ । तराईका जिल्लामा भने सोमबार होली मनाइँदैछ ।

    यद्यपि यो रमाइलो पर्व मनाउँदा स्वास्थ्यको भने ख्याल राख्नुपर्छ । रंग लगाउँदा आँखा र छालाको सुरक्षामा विशेष सावधानी अपनाउनुपर्छ । धेरैले होलीमा छालाको समस्यालाई लिएर चिन्ता लिने गर्छन्। तर छालासँगै आँखामा समेत जोखिम हुन्छ । आँखा हाम्रो शरीरको सबैभन्दा संवेदनशील अंग हो ।

    यसको अर्थ यो रंगीन मौसममा रंगमाथि ब्रेक लगाउनुपर्छ भन्ने पनि होइन । आँखाको सुरक्षाको लागि कालो चस्मा लगाएर होली खेल्न चिकित्सकहरु सुझाउँछन् । सिधै आँखामा रंग पर्दा यसले गम्भीर संकट निम्त्याउन सक्छ । होलीको रंगीन माहोलमा खुसी भित्र्याउँदै आफ्नो शरीरलाई पनि हानि नपुर्‍याउन केही कुरा ध्यान दिनु जरुरी छ ।

    – सबैभन्दा पहिले निश्चित रासायनिक रंगबाट सुरक्षित भए नभएकोमा निश्चित हुनुपर्छ । यी रंगहरू तपाईंको छाला र तपाईंको आँखाको लागि निकै हानिकारक हुनसक्छन् । त्यसैले तिनीहरूबाट टाढा राख्नु यो नै स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

    – यदि तपाईं कसैलाई रंग लगाइरहनुभएको छ भने पहिले यकिन गर्नुहोस् कि तपाईंले कसैलाई जबर्जस्ती गर्नुहुन्न । किनकि यस्तो अवस्थामा रंग पनि आँखामा जान सक्छ ।

    – यदि र रंग तपाईंको आँखामा गएको छ भने यसलाई बिल्कुल नराख्नुहोस् । किनभने त्यसो गर्दा तपाईंको आँखा खराब हुन सक्छ ।

    – सर्वप्रथम आँखालाई सफा पानीले धुनुहोस् र आँखामा बारम्बार पानी छर्किनुहोस् ।

    – सनग्लास प्रयोग गर्न नबिर्सनुहोस् । किनकि यसले तपाईंको आँखामा हुनसक्ने रंगबाट बचाउन मद्दत गर्छ ।

    – यदि तपाईंको आँखा धेरै चिढचिढिएको छ वा तपाईंको आँखा रातो भएको छ भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

    बालबालिकालाई होलीमा जोखिम

    होलीका लागि भनेर बालबालिकामा रंग र पानीको फोहोरालाई लिएर विशेष किसिमको उत्साह देखिन्छ । गल्ली(गल्लीमा बालबालिका रंग र लोलामा रमाइरहेका देखिन्छन् ।

    होली बालबालिकाको लागि जति रोमाञ्चक छ, उति नै जोखिमपूर्ण पनि हुन्छ । किनकि रंगकै मामलामा भएको सानो असावधानीले पनि बालबालिकाको जीवनमा ठूलै समस्या निम्त्याउन सक्छ ।

    त्यसैले, बालबालिकाको साथमा होलीको तयारी गर्दा उनीहरुलाई सुरक्षाबारे पनि सिकाउनुपर्छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend