Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१५ दिने मिथिला मध्यमिकी परिक्रमा आज समापन हुँदै


१२, चैत २०८०
  • 105
    SHARES
  • १५ दिने मिथिला मध्यमिकी परिक्रमा आज समापन हुँदै

    जनकपुरधाम - मिथिला माध्यमिकी परिक्रमा आज समापन हुँदै छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न हुन लागेको हो ।

    मध्यमा तथा अन्तगृहम परिक्रममा यसवर्ष पनि हजारौं श्रद्धालुहरु सहभागी भएका छन् । अन्तरगृहम परिक्रममा तीर्थालु तथा श्रद्धालुको झनै भीड देखिएको छ ।

    विभिन्न प्रकारका रोग, दुःख, कष्टबाट मुक्ति एवम् नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वाससहित हजारौं नरनारी परिक्रममा सहभागी हुने गर्दछन् ।

    फागुन औसींका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका ८ स्थित मिथिलाबिहारी मन्दिरबाट मिथिला बिहारीको डोलासहित परिक्रमा सुरु भएको थियो ।

    १५ दिने परिक्रममा जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर,भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुने गर्दछ ।

    माध्यमिकी परिक्रममा सहभागि नहुने अधिकांश श्रद्धालु भक्तजन अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रममा सहभागी हुने गर्दछन् । यस परिक्रममा युवायुवतीहरुको संख्या पनि उल्लेखनीय रहन्छ ।

    परिक्रममा रामजानकीको डोलासँगै परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् । टायर गाडा ,साइकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भुईं खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु, भजन कीर्तनलगायतका कार्यहरु गर्नु परिक्रमा यात्री श्रद्धालुहरुको आस्था हो । पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पार्ने स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् ।

    नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरीलगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट प्रायः हजारौं वृद्धवृद्धाहरुको सहभागिता रहन्छ ।

    आज अन्तरगृह परिक्रमा सकिएपछि जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा भोलि होली खेलिने छ । परिक्रमा समापनको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा रहिआएको छ ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend