Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मानसिक स्वास्थ्य : डिप्रेसन, तनाव र चिन्ता के हुन् ?


१३, चैत २०८०
  • 423
    SHARES
  • मानसिक स्वास्थ्य : डिप्रेसन, तनाव र चिन्ता के हुन् ?

    काठमाडौँ । डिप्रेसन, तनाव र चिन्ता यी तीनै मानसिक स्वास्थ्य समस्या हुन् । यी तीनको बिचमा सूक्ष्म भिन्नता छ, तर यी तीन एउटै रोग होइनन् । यो नबुझेका कारण हामीले सही उपचार पाउँदैनौँ र समस्या बढ्दै जान्छ । तपाईं यसबाट बच्न चाहनुहुन्छ भने, पहिले डिप्रेसन, तनाव र चिन्ताबिचको भिन्नता बुझ्नुस् ।

    आजको व्यस्त जीवनमा डिप्रेसन सामान्य रोग बन्दै गएको छ । वास्तवमा जब हामी कुनै चुनौती वा समस्याबाट हैरान हुन्छौँ, हाम्रो मुड खराब हुन्छ र हाम्रो दिमागले पनि सोही अनुसार प्रतिक्रिया गर्छ ।यो रोगमा बिरामी आफूले केही गुमाउँदै छु भन्ने महसुस गर्छ । उसले आफैँलाई हानि पुर्‍याउने प्रयास गर्छ । कहिलेकाहीँ आत्महत्या गर्ने सोच पनि आउँछ । 

    यो रोगमा कुनै पनि कुरामा उत्साह हुँदैन, मन उदास रहन्छ, रिस उठ्छ, निद्रा लाग्दैन, ऊर्जाको स्तर कम रहन्छ । त्यसैले यस्तो समस्या देखिएमा तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुस् ।

    डिप्रेसनका लक्षण

    मन उदास वा दिक्क भइरहनु,कुनै पनि कुरामा चाख नलाग्नु,कमजोरी वा थकावट महसुस भइरहनु,खुसी हुनुपर्ने कुरामा पनि खुसी हुन नसक्नु,हीनताबोध हुनु,एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुनु,निद्रा नलाग्नु वा निद्राले चाँडै छाड्नु,यौनेच्छामा कमी हुनु,खाना खान मन नलाग्नु,भविष्यप्रति नैराश्यता छाउनु,बाँच्नु बेकार छ भनेर मर्ने इच्छा पलाउनु आदि डिप्रेसनका लक्षण हुन् । योसँगै टाउको, पेट, छाती वा हातखुट्टा दुख्नु,अपच हुनु,महिलाहरूको मासिकस्राव अनियमित हुनु जस्ता लक्षण देखा पर्छन् ।

    केटाकेटीहरूलाई डिप्रेसन भएमा खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय जान नमान्ने जस्ता लक्षण देखिन सक्छ । धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसिरहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि गर्न सक्छन् । 

    तनाव

    तनाव हुँदा मन नकारात्मक भावनातर्फ दौडिन्छ । यसलाई सरल भाषामा तनाव पनि भन्न सकिन्छ । यो रोगका कारण साना–साना कुरामा मन विचलित हुन्छ । शारीरिक र मानसिक दुवै समस्या हुन थाल्छ । यो रोगले टाउको दुख्ने, उच्च रक्तचाप हुने, छाती दुख्ने, मुटु रोगको जोखिम बढ्ने, छालाको समस्या आउने, निद्रामा समस्या आउने हुन सक्छ । यो रोगबाट बच्न ध्यानको सहारा लिन सकिन्छ । चिकित्सकको सल्लाहमा व्यायाम गर्न सकिन्छ ।

    चिन्ता

    चिन्ता एक प्रकारको मानसिक समस्या हो । यसबाट पीडित व्यक्ति प्रायः बेचैनीमा हुन्छन् । कुनै न कुनै डरले घेरिएका हुन्छन् । साथै उनीहरूमा नकारात्मक विचार आइरहने हुन्छ । सुरुमा दैनिक जीवनसँग सम्बन्धित केही सामान्य चिन्ता उत्पन्न हुन्छन्, जसले पछि गम्भीर रूप लिन सक्छ । गम्भीर समस्याका केही सामान्य लक्षणहरूमा हात काम्ने, पसिना आउने, घबराहट हुने, दिमागमा अलमल हुने, विनाकारण रोइरहने आदि पर्छन् । यसबाहेक अरु पनि धेरै लक्षण छन्, जसको पहिचान गरेर तपाईं यसलाई रोक्न सक्नुहुन्छ ।

    चिन्ताका केही लक्षण 

    चिन्तित महसुस गर्नु,नकारात्मक विचारहरू आउनु र सधैँ खतरामा महसुस गर्नु,एउटै समस्याका बारेमा बारम्बार सोच्दै सुत्न समस्या हुनु, कहिलेकाहीँ सास फेर्न गाह्रो हुनु वा सामान्यभन्दा छिटो सास फेर्नु चिन्ताका लक्षण हुन् । योसँगै वाकवाकी लाग्नु,चक्कर लाग्नु र बारम्बार मुख सुक्खा हुनु,हातखुट्टा एक्कासि चिसो हुनु,पसिना आउनु वा शरीरमा झमझमाउनुस सबै समय बेचैन हुनु,कुनै कुरामा ध्यान केन्द्रित गर्न असमर्थ हुनु आदि चिन्ताका लक्षणमा पर्छन् । 

    उपचार

    समयमै पहिचान भई उपचार गर्न सकेको खण्डमा यी रोग छिटै निको हुन्छन् । हामीकहाँ भ्रम छ— मानसिक स्वास्थ्य समस्या भयो भने जीवनभर औषधि खानुपर्छ भन्ने, यो गलत हो । केही समय औषधि खाएपछि यो रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सक्छ,सधैँ औषधि खानुपर्दैन तर उपचार सही हुनुपर्छ ।

    आजको व्यस्त जीवनशैलीका कारण हामी धेरैजसो कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट ग्रसित हुन सक्छौँ । टाउको दुखेका बेला हामीले सामान्य टाउको दुखाइ सम्झेर औषधि खान्छौँ तर यो हाम्रो स्वास्थ्यका लागि राम्रो होइन । समस्या डिप्रेसन, तनाव वा चिन्ताका कारण पनि टाउको दुख्ने आउन सक्छ ।

    यो समस्या वा लक्षण डिप्रेसनको हो भनेर कतिलाई थाहा नहुन सक्छ । किनभने यस्तो खालको जागरुकता हामीकहाँ छैन । सबैभन्दा पहिला त मानसिक समस्यालाई चिन्न सक्नुपर्छ । आफैँमा त्यस्ता लक्षण देखिए चिकित्सकको सल्लाह लिनुपर्छ । अरुमा लक्षण देखे उपचारका लागि चिकित्सककहाँ जाने सल्लाह दिनुपर्छ ।

    मानसिक स्वास्थ्यका कारण बिरामीमा एकदमै नकारात्मक सोचाइ आउन सक्छन्,समयमा उपचार गरे ठिक हुन्छ । अन्दाजीका भरमा रोगको उपचार गरेर हुँदैन । त्यसैले पहिले आफ्नो मानसिक समस्याको पहिचान गर्नुपर्छ । मनोचिकित्सकको सल्लाहबिना आफूखुसी औषधि लिनु हुँदैन । 

    डिप्रेसनका लक्षण पूरै नियन्त्रण हुन्छन् तर भविष्यमा फेरि त्यस्तै अवस्था दोहोरिन सक्छ । एकपटक ठिक हुनासाथ जीवनभरि ठिक भयो भन्ने हुँदैन । एकपटक मानसिक स्वास्थ्य समस्या भएर त्यसको उचित उपचार भइसकेपछि लामो समयसम्म डिप्रेसनरहित भएर बस्न सकिन्छ ।

    (लेखक जनरल मेडिसियन हुन् ।)

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend