Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलमा समृद्धी एकेडेमी उद्घाटन


२३, चैत २०८०
  • 178
    SHARES
  • बुटवलमा समृद्धी एकेडेमी उद्घाटन

    बुटवल । बुटवल ४ अमरपथ सिह कम्प्लेक्समा समृद्धि एकेडेमी सञ्चालनमा आएको छ।

    बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा मोहन ठाकुरको एकल लगानी एकेडेमी सञ्चालनमा आएको हो। हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित सञ्चालित एकेडेमीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे।

    उनले हरेक ब्यक्ति सीप संग जोडिएको हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताउदै मानवीय संसाधन बिकासमा उपमहानगरले कार्यक्रमहरु गर्दै आएको बताए।

    उनले अहिलेको मन्दीको अवस्थामा गरेको लगानीलाई बुटवलले जोगाउनको लागि आवश्यक सहकार्य गर्ने आश्वासन दिए। उनले अहिले शिक्षा मात्रै भएर रोजगारी नपाएको अवस्थामा यो पेसा सिकेमा देश तथा बिदेशमा रोजगारीको लागि सहजता हुने भएकोले यस्ता क्षेत्रमा निजि क्षेत्रले लगानी गरेमा उपमहानगरले आवश्यक सहयोग गर्ने बताए।

    ठाकुरको ३० लाख एकल लगानीमा उद्घाटन भएको एकेडेमीमा एकै पटक ४० जना सम्म सिकाउन सकिने सञ्चालक ठाकुरले बताए। एकेडेमीमा प्रत्यक्ष ५ जना जनशक्तिलाई रोजगारी दिएको बताए।

    एकेडेमीमा २० हजार देखि १ लाख ५ हजार सम्मका कोर्सहरु रहेको बताउदै उनले नयाँ वर्षमा २० प्रतिशत छुटको ब्यवस्था रहेको बताए।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका ४ अध्यक्ष नरिश्वर शर्मा पौडेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पूर्व अध्यक्ष महेशमान सिंह, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रुपन्देही ब्यापार संघका कार्यबाहक अध्यक्ष प्रकाश ढकाल, सौन्दर्य कला ब्यवसायी संघका रुपन्देहीका अध्यक्ष आसु गुरुङ,अग्रज ब्युटीसियन मिना प्रधान, पूजा पन्थी लगायतले बोल्दै स्वरोजगरामुलक पेसामा लगानी गरेको भन्दै शुभकामना ब्यक्त गरे।

    समृद्धि सलोन तथा एकेडमीका बुटवल, मणिग्राम,बर्दघाट, जितपुर, पोखरा गरि ५ शाखा छन भने यी शाखामा ५० जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend