Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सेवा क्षेत्र स्तरीय भलिबलको पूर्व सचेतक क्षेत्रीद्धारा उद्घाटन 


२७, चैत २०८०
  • 665
    SHARES
  • सेवा क्षेत्र स्तरीय भलिबलको पूर्व सचेतक क्षेत्रीद्धारा उद्घाटन 

    अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका ५ आरुखोर स्थित शान्ति मा.वि. को हिरक महोत्सव आगामी बैशाख ३ गते हुदैछ । कार्यक्रमको पूर्व सन्ध्या चैत्र २६ गते देखि शुरु भएको छ । विद्यालयको आन्तरिक खेलहरु मध्ये मंगलवार भलिबल सन्चालन भएको छ ।

    २७ गते वडा स्तरीय र साविक अर्घा ३ सहितको (सेवा क्षेत्र स्तरीय) भलिबलको उद्घाटन पूर्व लुम्बिनी प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले शान्ति माध्यमिक विद्यालय देशकै नमूना विद्यालयको रुपमा स्थापित होस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले बिद्यालयको उन्नति र विकासको निम्ति आफु जहिले पनि साथमा रहेको बताउनुभयो ।

    पुर्व सचेतक समेत रहनुभएकी क्षेत्रीले समाज एकताको निम्ति खेलकुदले निकै महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै विद्यालयहरूमा खेलकुद प्रतियोगिता सञ्चालन गर्दा यसले व्यक्तिमा आपसी सम्बन्ध सुमधुर बनाउन र पारस्परिकता कायम गर्न सहयोग गर्ने जनाउनुभयो । 

    नेता क्षेत्रीले खेलकुद प्रतियोगिताहरुबाट व्यक्तिमा सक्रियता बढ्ने हुँदा यस्ता कार्यक्रम सम्पन्न गर्नका लागि आफू निष्पक्ष भएर साथ दिने विश्वास व्यक्त गर्नुभएको छ ।

    कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री, नेपाली काङ्ग्रेस अर्घाखाँचीका पुर्व सचिव लोकेन्द्र बिश्वकर्मा, अर्घाखाँची डट कमका सम्पादक सन्तोष केसी, समाजसेवी चन्द्र टण्डन लगायतको उपस्थिति रहेको थियो ।

    विदयालय प्रधानाध्यापक मान बहादुर पाण्डेले बैशाख ३ गते हुने शान्ति मा.वि. को हिरक महोत्सवमा प्रधानमन्त्रीलाई बोलाउन पहल भैरहेको बताउनुभएको छ ।IMG_20240409_144844.jpgIMG_20240409_145350.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend