Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला


२, वैशाख २०८१
  • 147
    SHARES
  • ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला

    काठमाण्डौ – काठमाण्डौको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै  घण्टा खुला भएका छन् ।

    ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले हिजो बेलुका ठमेलको त्रिदेवीमार्गमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले चौबीसै घण्टा बजार सञ्चालनको शुभारम्भ गर्नुभयो ।

    कार्यक्रममा गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्गको पर्यटनलाई चलायमान बनाउँदै देशको अर्थतन्त्रलाई सहयोग पुर्‍याउनका लागि चौबीसै घण्टा बजार खुला गरिएको बताउनुभयो ।

    गृहमन्त्री लामिछानेले ठमेललाई ठमेलजस्तो र दरबारमार्गलाई दरबारमार्गजस्तो बनाउन प्रहरी प्रशासनसँगै स्थानीय जनसहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो । पर्यटन र ठमेल पर्यायवाची भएकाले यसलाई जोगाउन सबै लाग्नुपर्नेमा उहाँको जोड छ ।

    काठमाण्डौ महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले चौबीसै घण्टा ठमेल र दरबारमार्ग सञ्चालन हुँदा देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    काठमाण्डौ महानगर–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आचारसंहितालाई कार्यान्वयन गर्न जोड दिनुभयो ।

    ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोना महामारीपछि शिथिल रहेको ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक अवस्थालाई चलायमान बनाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले ठमेललाई नमूना पर्यटकीय नगरी बनाउने योजना अभियानले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन् ।

    दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले १० वर्षदेखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने योजना रहेकोमा बल्ल अगाडि बढेको बताउनुभयो ।

    यो अभियानलाई विस्तारै काठमाण्डौका अन्य शहरमा पनि लैजानुपर्ने उहाँको भनाइ छ । 

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend