Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाली काङ्ग्रेस मालारानीद्वारा गाउँपालिकाको कार्यालयलाई ध्यानाकर्षण


२, वैशाख २०८१
  • 372
    SHARES
  • नेपाली काङ्ग्रेस मालारानीद्वारा गाउँपालिकाको कार्यालयलाई ध्यानाकर्षण

    रुद्रमणि भुसाल, अर्घाखाँची । । नेपाली काङ्ग्रेस मालारानीले गाउँपालिकाको कार्यालयलाई ध्यानाकर्षण गराएको छ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानको नेतृत्वमा गई मालारानी गाउँपालिकालाई ध्यानाकर्षण गराएको हो । 

    गाउँपालिकाबाट गर्ने शिक्षक दरबन्दी मिलान, पालिकाभित्र वितरण हुने टिन वितरण, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा छनोट लगायतका विषयमा पालिकाबाट प्रवाह हुने विकास निर्माणका काममा एकलौटी रुपमा एमालेकरण गरिएको भन्दै काङ्ग्रेस मालारानीले ध्यानाकर्षण गराएको पालिका सभापति शोभाखर खनालले बताउनुभयो । 

    त्यस्तै पालिकाबाट सञ्चालन हुने आयआर्जन, क्षमता विकास तालिम, योजनाहरुको उपभोक्ता समिति गठन, विद्यालय समायोजन, अनुदानका सामाग्री वितरण लगायतका कार्यक्रममा वडा अध्यक्षहरुले खोजी खोजी आफ्नै कार्यकर्ताहरुलाई मात्र प्रदान गरिएकोमा तत्काल त्यस्तो प्रवृत्ती नसच्याए नेपाली काङ्ग्रेस मालारानी गाउँपालिका थप संघर्षका कार्यक्रम ल्याउन पनि पछि नपर्ने सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानको भनाई रहेको छ । 

    गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराईले आरोप लगाएका सबै कुरा सत्य नभई विगतका दिनमा भएका केही कमीकमजोरीहरुलाई आगामी दिनमा सच्याएर अगाडी बढ्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । उहाँले हरेक विकास निर्माणका काममा सुशासन र पारदर्शिता ल्याउनका लागि आफुले पहल गरिरहेको बताउनुभयो ।

    यस्तै गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेलले हरेक योजनाको भुक्तानी गर्दा योजना सम्पन्न भए नभएको आफैले अनुगमन गरेर मात्र हुने गरेको बताउनुभयो । ध्यानाकर्षण गराउन महिला नेतृ शान्ता खनाल, वडा नम्वर १ देखि ८ सम्मका वडा सभापति लगायत नेता कार्यकर्ताहरु गाउँपालिकाको कार्यालयमा पुगेका थिए । साथै उनिहरुले आ-आफ्ना वडामा भएका विकास निर्माणका बारेमा समस्या प्रस्तुत गरेका थिए । 

    कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत चेतनारायण कडेल, शिक्षा शाखा प्रमुख रमेश पन्थी र प्राविधिक शाखाका प्रमुख हरि पाण्डेले गुनासा, सुझावलाई समेटेर अघि बढ्ने बताएका थिए ।received_399395206321059.jpeg

    received_452293730486539.jpeg
    received_1492463778355106.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend