Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै


४, वैशाख २०८१
  • 288
    SHARES
  • सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै

    काठमाण्डाै – वर्षा र सहकालका देवताका रूपमा पुजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । दरबारमार्गमा रहेकाे तीनधारा पाठशालाबाट शुरु हुने यो यात्रा लगनटाेलमा गएर टुङ्गिन्छ ।

    हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन अपराह्न केलटोलमा रहेकाे जनबहालबाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालानिर अग्लो रथ बनाइएको स्थानमा पुर्‍याइन्छ ।

    त्यहाँबाट सेतो मच्छिन्द्रनाथलाई विधि पुर्‍याएर खटबाट निकालेर ३२ हात अग्लो रथमा राखी तानेर रथयात्रा शुरु गरिन्छ ।

    आज पहिलो दिन घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोका, तेस्रो दिन लगनटाेल पुर्‍याइन्छ ।

    लगनटाेलमा रहेकाे सेतो मच्छिन्द्रनाथकी आमाको मन्दिरमा तीन पटक परिक्रमा गरिएपछि यो रथयात्रा समापन हुनेछ । हरेक वर्ष यो जात्रा गरेपछि वर्षा र सहकाल शुरु हुने धार्मिक विश्वास छ ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend