Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सडक अलपत्र छोड्ने ठेकेदारलाई कारबाही गर्न रुपन्देहीका सिडिओको ध्यानाकर्षण


६, वैशाख २०८१
  • 224
    SHARES
  • सडक अलपत्र छोड्ने ठेकेदारलाई कारबाही गर्न रुपन्देहीका सिडिओको ध्यानाकर्षण

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सडक निर्माणको जिम्मा लिएर वषौँ अलपत्र छोड्ने कम्पनीलाई कारबाही गर्न सडक डिभिजन कार्यालय बुटवललाई ध्यानाकर्षण गराएको छ ।

    बुटवल बेलहिया सडक आयोजना अन्तर्गत बेलहिया खण्ड (नेपाल–भारत सीमा क्षेत्र)को सडक स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौताको कार्य प्रगति अत्यन्तै निराशाजनक रहेको भन्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कार्यालयलाई पत्र लेख्दै बिरुवा कन्स्ट्रक्सन प्रा.लि.लाई कारबाही गर्न ध्यानाकर्षण गराएका हुन् । 

    गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागलाई बोधार्थ गर्दै प्रजिअ अर्यालले उक्त निर्माण व्यवसायीलाई कारबाहीका लागि हस्तक्षेपसहित निर्देशन दिन आग्रहसमेत गरेका छन् ।

    बिरुवा कन्सट्रक्सन प्र.लि.ले आयोजनाको काम छोडी बसेको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीको पहलमा उक्त निर्माण व्यवसायीलाई उपस्थित गराई आयोजनाको कार्य तत्काल सुचारु गर्नेरगराउने लिखित सहमति भए पनि अपेक्षित गतिमा काम हुन नसकेको पत्रमा उल्लेख छ । निर्माण व्यवसायीको लापरबाहीका उक्त क्षेत्रका बासिन्दा तथा आवागमन गर्ने यात्रुहरूले अत्यन्तै झन्झट र हैरानी खेप्नु परिरहेको छ ।

    आफ्नो पहलमा पटक पटक भएको छलफलमा निर्माण व्यवसायीले आयोजनाको काम तत्काल सुचारु गर्ने लिखित प्रतिबद्धता जनाए पनि बेवास्ता गर्दै आएको प्रजिअ अर्यालको भनाइ छ । आफै सम्पर्कमा ल्याएर सडक निर्माणको वातावरण बनाइदिँदा पनि निर्माण व्यवसायीले बेवास्ता गरेको अर्यालले बताए ।

    प्रजिअ अर्यालले विभिन्न मितिमा भएको छलफल र निर्णय बमोजिमको कार्य अगाडि बढाउन सडक डिभिजन कार्यालयबाट निर्माण व्यवसायीलाई दिइएको निर्देशनको विवरण उपलब्ध गराउन माग गरेका छन् । अर्यालले लेखेको पत्रमा ठेक्का सम्झौता, आयोजनाको अवस्था, आयोजनाको म्याद थप हुन सक्ने नसक्ने स्थिति, ठेक्का सम्झौता रद्द गर्ने वा म्याद थप गर्ने लगायतका विषयमा तीन दिनभित्र स्थिति पत्र सार्वजनिक गरी सो को जानकारी प्रशासनलाई गराउन भनिएको छ ।

    ‘गुमनाम रहेका ठेकदारलाई व्यक्तिगत पहलमा खोजेर ल्याएर काम गर्न लगाएको थिएँ । साइटमा काम गर्ने वातावरण पनि बनाइ दिएको थिएँ । तर, निर्माण व्यवसायीले काम गरेनन् । निर्माण व्यवसायीलाई कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई छैन,’ प्रशासनसँग उनले भने, ‘निर्माण कार्य अलपत्र पारेको बारेमा सरोकारवाला निकायमा लिखित र मौखिक रूपमा जानकारी गराएको छु । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव ज्यूलाई पनि जानकारी गराएको छु । समयमा काम नगर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही हुनुपर्छ ।’

    बेलहिया बुटवल ६ लेन सडक खण्ड अन्तर्गत बेलहियादेखि बाइपाससम्मको ७ सय ५० मिटर सडक निर्माणको लागि २०७३ सालमा १७ करोड रुपैयाँमा बिरुवा कन्स्ट्रक्सन प्रा.लिले ठेक्का सम्झौता गरेको थियो । बेलहियादेखि बुटवल गोलपार्कसम्मको अरू खण्डको निर्माण कार्य सम्पन्न भए पनि बिरुवा कन्स्ट्रक्सनको जिम्मामा रहेका तीन वटा खण्ड अधुरै छन् । सडकको दुवैतर्फ नाली बनाउनेबाहेक अरू काम भएको छैन ।

    पछिल्लो समय सरकारी जग्गा मिच्ने विरुद्ध होस् या विकास निर्माणका कार्यमा गरिने लापरबाही होस्, खरो रूपमा उत्रिँदै आएका प्रजिअ अर्यालले जिल्लाको शान्ति सुव्यवस्थासमेत चुस्त राख्दै आएका छन् ।435338018_959015302054720_1513133391166678945_n.webp422305084_290348567342679_5511821244370145002_n.webp

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend