Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेतृत्व नसच्चिए सम्म सुशासन सधै फितलो 


३, असार २०८०
  • 480
    SHARES
  • नेतृत्व नसच्चिए सम्म सुशासन सधै फितलो 

    रुपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पूर्ण अधिकार र जनशक्ति बिहिन भएर काम गर्न कठिनाई भएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवल र लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा रुपन्देहीमा आयोजित सुशासनका लागी साक्षात्कार कार्यक्रममा बोल्दै चपाईले समन्वयलाई सरकारले आवश्यक नठाने खारेज गर्न माग गरे ।

    उनले समन्वयलाई मर्यादाक्रममा जिल्लाको प्रमुख स्थानमा राखे  पनि अधिकार भने पालिकाभन्दा पनि तल्लो स्तरमा राखेकोमा आक्रोश व्यक्त गर्दै सुशासन पालनामा प्रभावकारी काम हुन नसकेको कमजोरी औल्याए । उनले अख्तियार र अदालतको कामकारवाही प्रति असन्तृष्टि व्यक्त गर्दै बिना प्रमाण बेनामी मुद्धाका कारण जनप्रतिनिधिहरुले हैरानी खेपेको र काम गर्ने वातावरण नदिएको गुनासो गरे ।

    सिद्धाथनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरपालिकाको आर्थिक प्रशासनलाई पारदर्शी र भौतिक निर्माणमा हुने गुणस्तरहिन कार्यलाई विशेष निगरानी गरी कमसल खालको सामाग्रीलाई निरुत्साही गरेको बताए । उनले  नगरलाई स्वच्छ र सफा शहरको रुपमा परिचय दिने गरी काम गरेको उल्लेख गरे  ।  

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कानुन सबैले पूर्ण रुपमा पालना गरे सुशासन कायम हुने बताउदै हामीसँग कानून छ तर कार्यान्वयन फितलो छ । त्यसैले सेवाग्राहीलाई सर्भिस डेलिभरीमा सहजता, जवाफदेहिता,पारदर्शिता जस्ता कुरामा ध्यान दिन जरुरी रहेको औल्याए । उनले जिल्लामा चोरी निकासी रोकथामका लागी सुरक्षा व्यवस्था कडा पारिएको बताउदै नीति क्षेत्रलाई चलायमान गराउन सिमा क्षेत्रमा सुरक्षा दस्तालाई परिचालन गरिएको उल्लेख गरे । 

    बुटवल उपमहानगरपालिका नगर उपप्रमुख सावित्रादेवि अर्यालले बुटवलले हालसम्म नागरिक वडापत्र खस भाषामा राखेको र अबको नीति तथा कार्यक्रममा थप ३ वटा भाषालाई समावेश गर्ने उल्लेख गरिन् । उनले मगर, नेवारी र थारु जातिको भाषामा नागरिक वडापत्र राख्ने जनाईन् । उनले आफ्नो कार्यालयमा आउने सेवाग्राहीलाई कुनै समस्या झेल्न परेमा आफै सम्बन्धित शाखामा पुगेर सेवाग्राहीको काम सम्पन्न गरेर मात्रै फर्किने बताईन् । 

    कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल,रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव,बरिस्ठ पत्रकार डा.बालकृष्ण चापागाई,बिबिसी रुपन्देही संवाददाता माधव नेपाल, सिद्धार्थ उद्योग वाणिज्य संघ ठाकुर कुमार श्रेष्ठ, उद्योग व्यापार संठगन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली ,बुटवल उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य टिकाराम वञ्जाडे,भैरहवा बहुमुखी क्याम्पसका प्रमुख अनिल कुमार झा,माइती नेपाल रुपन्देहीका माया क्षेत्री,लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ज्ञवाली,सशस्त्र प्रहरी प्रमुख दीपक कुमार थापा,जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत बहादुर वि.क, श्री गरुडदल गण रामनगर व्यारेकका ओम बहादुर अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । 

    रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुशासन अभियान्ता महेन्द्र पाण्डेले कार्यपत्र प्रस्तुत र  पत्रकार नारायण वलीले कार्यक्रमको संचालन गरेका थिए । 

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend