काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी शक्तिहरुलाई एकतावद्ध गर्नका लागि समाजवादी मोर्चा बनाउन खोजिएको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निश्चित बिचार मिल्ने समाजवादी शक्तिहरु एक हुनु स्वभाविक रहेको उल्लेख गरे ।
उनले समाजवादी शक्तिहरुलाई एकीकृत गर्न मोर्चा बनाउन खोजिएको बताउदै समाजवादी मोर्चाका कारण कोहि पनि डराउनुपर्ने अवस्था नरहेको तर्क गरे । अध्यक्ष नेपालले मोर्चामा आगामी दिनमा अन्य दललाई पनि गोलबन्द लैजाने बताए ।
राम्रो उदेश्यका लागि एक ठाँउ आउदा विरोध गर्नुपर्ने कुनै कारण नभएको बताउदै माओवादी केन्द्र, नेकपा समाजवादी लगायतका दलले सोमबार समाजवादी मोर्चा घोषणा गर्ने तयारी रहेको जानकारी दिए ।