Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पाल्पामा डुबेर एकै दिन दुईजनाको मृत्यु


५, असार २०८०
  • 138
    SHARES
  • पाल्पामा डुबेर एकै दिन दुईजनाको मृत्यु

    पाल्पा । जिल्लामा  डुबेर एकै दिन दुईजनाको मृत्यु भएको छ।

    रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ रजाडका २२ वर्षीय सञ्जय चौधरी र भारतको गोरखपुरस्थित फत्तेपुरका ३४ वर्षीय विपिन धुसियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

    रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीमा रहेको जलुके झरनामा डुबेर चौधरीको मृत्यु भएको हो। गर्मी छल्न साथीहरूसँग आएका उनी पौडी खेल्ने क्रममा डुबेका थिए।

    बेलुकीपख डुबेर गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। बेलुकी पौने ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको थापाले बताए।

    यस्तै धुसिया तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजिकै तिनाउ खोलामा डुबेका हुन्। साथीसँग आएका उनी पौडी खेल्ने क्रममा बेलुकी साढे ५ बजे डुबेका थिए । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। प्रहरी नायब उपरीक्षक थापाका अनुसार साँझ सवा ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend