Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

झगडियामा आगलागी हुँदा नौ घर जलेर नष्ट


१९, वैशाख २०८१
  • 313
    SHARES
  • झगडियामा आगलागी हुँदा नौ घर जलेर नष्ट

    नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँमा मंगलबार साँझ आगलागी हुँदा ६ घर र तीन वटा गोठ जलेर नष्ट भएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले दिनु भएको जानकारीअनुसार बच्चाहरू खेल्नेक्रममा रमेश गद्दीको घरबाट सुरु भएको आगलागीबाट गाउँका छ वटा घर र तीन वटा गोठ जलेर नष्ट भएको छ ।

    नरैनापुर गाउँपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । दमकल समयमै आएकाले मानवीय क्षति नभएको बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले बताउनुभयो ।

    उहाँले हावाहुरीको मौसममा खाना पकाउँदा वा पकाइसकेपछि सावधानी अपनाउन सर्वसाधारणसँग आग्रह गर्दैआएको बताउनुभयो । हावाहुरीको मौसममा जिल्लाको नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका विभिन्न ठाउँमा हरेक वर्ष आगलागी हुने गरेको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend