Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सगरमाथा आरोहण एक साताभित्र सुरु हुँदै


२०, वैशाख २०८१
  • 241
    SHARES
  • सगरमाथा आरोहण एक साताभित्र सुरु हुँदै

    काठमाडौँ । वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने भएको छ । सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या बढी हुने गरेको छ ।

    पर्यटन विभागका अनुसार आधार शिविरदेखि चौथो शिविरसम्मको बाटो तयार भइसकेको छ । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङका अनुसार आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका दक्ष कामदार (आइसफल डाक्टर) को टोली चौथो शिविरसम्म बाटो बनाएर आधार शिविर फर्किसकेको छ ।

    उहाँले भन्नुभयो, “सगरमाथासहित लोत्से र नुत्से हिमाल आरोहणका लागि बाटो बनाउन गएका आइसफल डाक्टरको टोलीले आरोहण मार्गमा सङ्केत राख्ने, भर्‍याङ राख्ने, डोरी टाँग्नेलगायत काम सकेर आधार शिविर फर्किसकेको छ ।

    अहिले आरोही आधार शिविरबाट पहिलो र दोस्रो शिविरसम्मको अभ्यासमा रहेकाले मौसमले साथ दिए एक साताभित्र आरोहण सुरु हुने छ ।” उहाँले यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै हालसम्मकै ३९० जनाले आरोहण अनुमति लिइसकेको बताउनुभयो । सगरमाथा आरोहण गर्न ३७ समूहका ३२० पुरुष र ७० जना महिलाले अनुमति लिएका छन् ।

    विभागका अनुसार गत वर्ष सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका ४४ समूहका ४६७ आरोहीले अनुमति लिएका थिए । सगरमाथा आरोहणको इतिहासमा गत वर्ष सबैभन्दा बढीले अनुमति लिएका थिए । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएका थिए ।

    कोरोना महामारीका कारण सन् २०२० मा कुनै मानव पाइला सगरमाथामा पुगेको थिएन । यसअघि सन् २०१९ मा ३१५ जनाले आरोहण अनुमति लिएका थिए । यस वर्ष आरोहणका लागि खुला गरिएका हिमालमध्ये (सगरमाथासहित) ३० वटा हिमाल आरोहण गर्न बुधबारसम्म १०५ समूहका ९२९ जनाले अनुमति लिएका छन् ।

    उक्त हिमालमा आरोहण अनुमति दिएबापत ६३ करोड ७५ लाख ४० हजार ४५१ रुपियाँ सलामी दस्तुर सङ्कलन भएको छ । यस पटक हिमाल आरोहण गर्न नेपालसहित ८० देशका नागरिकले अनुमति लिएका छन् ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend