Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक


६, असार २०८०
  • 218
    SHARES
  • धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

    लक्ष्मण बि सि,गुल्मी । गुल्मी  जिल्लाको धुर्कोट गाउँपालिकाले आगामी आर्थिक बर्षमा कृषि र पर्यटन मार्फत रोजगारी सिर्जना गर्ने नीति लिएको छ । बुधबार गाउँपालिकाको १३ औँ गाउँसभाको दोस्रो बैठकमा अध्यक्ष भुपाल पोखरेलले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि र पर्यटन मार्फत रोजगारी सिर्जनालाई प्राथमिकता दिएका हुन् ।

    कृषि उपजको आयात प्रतिस्थापनको लागि कृषि र पशुपालनलाई आधुनिक प्रविधिमा विकास गर्दै पेशालाई व्यवसायिकरण गर्ने, सुन्तला खेतीको विस्तार गर्ने, रैथाने बालीहरुको बीउ संरक्षण, खेती विस्तार र बजारीकरणको व्यवस्था मिलाउने, पालिका भ्रमण गर्ने पर्यटकहरुलाई स्थानीय परिकार खाने व्यवस्था मिलाउने, कृषि उपजको समर्थन मुल्य गाउँपालिका निर्धारण गरिदिने कार्यक्रम उल्लेख गरिएको छ । व्यवसायीक कृषि पकेट क्षेत्रमा सिंचाई, कृषि सडक, विद्युतिकरण, कृषि बजार तथा गोदाम घरको पूर्वाधार निर्माण गर्ने, वन्यजन्तुबाट कृषि उत्पादनमा हुने क्षति न्यूनिकरण गर्न पहल गर्ने, चक्लावन्दी गर्ने कार्य विस्तार गर्ने एवम् स्थानीय भू–उपयोग नीति कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।

    गुल्मी  जिल्ला  को सबै भन्दा धुर्कोट गाउँ  पालिकामा बजेट को सदुपयोग   गरेर बिकास  का योजना  हरु सफलता  बनाउने  गाउँपालिका सभा अध्यक्षले बताए । आगामी आर्थिक बर्षमा गाउँपालिकाले पर्यटन गुरुयोजना तर्जुमा गरी सोही आधारमा पर्यटन पूर्वाधार विस्तार र पर्यटन विकासका कार्यक्रम संचालन गर्ने, सूचना केन्द्र, पदमार्ग, प्रतिक्षालय, शैचालय जस्ता पूर्वाधार निर्माण गर्ने, धुर्कोट दरवार क्षेत्रको पुनःनिर्माण तथा भौतिक पूर्वाधार सम्बन्धि काम गर्ने, पालिका छिर्ने मुख्य नाकाहरुमा पर्यटकीय क्षेत्रको परिचय दिनेगरी आकर्षक होर्डिङ बोर्ड राख्ने, पालिकाभित्रका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार जोड दिने एवम् थप पालिकाहरुसँग भगिनी सम्बन्ध कायम गर्ने बिषय नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    यसका साथै गाउँपालिकाले दक्ष, अदक्ष तथा शैक्षिक बेरोजगारको तथ्याङ्क संकलन गर्ने, पालिकाभित्र हुने विकास निर्माणका काममा स्थानीयलाई प्राथमिकता दिने, पाँच जनासम्मका प्रत्यक्ष रोजगारी दिने उद्योगको लागि मेसिन औजारमा अनुदानको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । पालिकाले पशुमा नश्ल सुधारका लागि प्राकृतिक गर्भाधानका कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्ने, उन्नत जातको गाई भैँसी तथा बाख्रापालन, आधुनिक किसिमको गोठ तथा खोरको व्यवस्था गर्ने, किसानलाई व्यवसायिक दक्षता सम्बन्धि तालिम प्रदान गर्ने, कृषक घुम्ती विद्यालय कार्यक्रम संचालन गर्ने, पशु बीमा बापत किसानले बुझाउने प्रिमियम रकममा ५० प्रतिशत अनुदानको नीतिलाई निरन्तरता दिने लगायतका कार्यक्रम समेटिएको छ ।

    गाउँपालिकाले आगामी बर्षमा ‘हेल्लो अध्यक्ष’ कार्यक्रम संचालन गर्ने, सार्वजनिक सुनुवाई कार्यक्रम एवम् उत्कृष्ट कृषक, पत्रकार, शिक्षक, समाजसेवी लगायतलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । भुकम्पीय जोखिम न्यूनिकरणको लागि भूकम्प प्रतिरोधि संरचना निर्माण कार्यलाई प्राथमिकता दिने, जलाधारको संरक्षण, विद्युत पोल र तार मर्मतका लागि सम्बन्धित निकायमा पहल गर्ने, स्थानीय सिकर्मी र डकर्मीलाई तालिम दिने, सिँचाई कुलोहरुको मर्मत एवम् संरक्षण गर्ने बिषय गाउँपालिका अध्यक्ष पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ ।

    गाउँपालिकाले अत्यावश्यक बाहेक सडकको नयाँ ट्र्याक नखोल्ने, सडकमा अनिवार्य नालीको व्यवस्था गर्ने, लैङ्गिक समानताको लागि आवश्यक कार्यक्रम संचालन गर्ने, गाउँपालिकाका सबै घरमा पिउने पानीको धारा पु¥याउने, खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्मााण गर्ने, धुर्कोट आधारभूत अस्पतालको सेवा थप प्रभावकारी बनाउने लगायतका कार्यक्रम समेटिएको छ । आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्दै पारित गर्नका लागि पालिकाले ८ गते गाउँसभाको १३ औँ अधिवेसनको तेस्रो बैठक आह्वान गरेको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend