Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महिलालाई आत्मनिर्भर बनाउँदै पाल्पाको रामपुर नगरपालिका


२८, वैशाख २०८१
  • 178
    SHARES
  • महिलालाई आत्मनिर्भर बनाउँदै पाल्पाको रामपुर नगरपालिका

    पाल्पा । रामपुर नगरपालिकाले महिलालाई लक्ष्यित गरी सीप विकासमा जोड दिएको छ । आर्थिक रूपमा महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न विविध सीप सिकाइरहेको छ ।

    नगरपालिका क्षेत्रका ४७ महिलालाई हातेझोला, टोपी, पर्सलगायत सामग्री तयार पार्ने सीप सिकाइरहेको छ । गाउँघरमा खेर जाने वस्तुको सदुपयोग गर्दै विभिन्न सामग्री तयार पार्ने सीप थालनी गरेपछि उत्साहका साथ महिला तालिममा जुटेका छन् ।

    थाकलको पात र मकैका खोस्टाबाट हातेझोला, टोपी, पर्सलगायतका विभिन्न सामग्री तयार पार्ने सीप सिकाउन थालिएको नगरपालिकाका उपप्रमुख बालकुमारी थापा बताउँछिन ।

    “स्थानीय वस्तुको उपयोग होस् कच्चा पदार्थ बाहिरबाट खरिद गर्न नपरोस्, गाउँघरमा नै फालिएका वस्तुको समुचित प्रयोग गरेर आकर्षक सामग्री तयार पारी यसबाट राम्रो आयआर्जन लिन सकिन्छ भन्ने मनसायले सीप विकासमा जोड दिएका छौँ”, उनले भनिन ।

    रामपुर नगरपालिकाको आयोजनामा ओम राजश्री मल्टी एग्रोको प्राविधिक सहयोगमा प्राकृतिक रेशाजन्य वनस्पतिको पोस्करबाट यहाँ एकमहिने हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी तालिम थालनी भएको छ ।

    रामपुर नगरप्रमुख रमणबहादुर थापा महिलालाई सक्षम बनाउँदै उनीहरूको आयस्रोत उकास्न विभिन्न सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताउँछन ।

    “सीप भयो भने जुन ठाउँमा रहेर पनि आयआर्जन गर्न सकिन्छ, आफू खाली बस्नु पर्दैन, बिक्रीका लागि बजार विस्तार भइरहेको छ”, नगरप्रमुख थापाले भने, “स्थानीय वस्तुबाट विभिन्न सामग्री तयार पार्न सकिने हुँदा गाउँघर, वनमा पाइने विभिन्न वस्तुको भरपुर उपयोग गरेर गज्जबको आम्दानी गर्न सकिन्छ ।”

    उनले स्वदेशी उत्पादन र वातावरणमैत्री उत्पादनमा बढावा दिन आवश्यक रहेको बताए । स्थानीय उत्पादनलाई नगर सरकारले कोसेलीबाट बजारीकरणको व्यवस्था गरिदिने भएकाले सीप सिकेर सामग्री उत्पादनमा जोड दिन नगरप्रमुख थापाको अनुरोध छ ।

    ओम राजश्री मल्टी एग्रोका कार्यकारी निर्देशक युवराज गैरेले महिलाले आफूले सीप सिकेर उत्पादन गरेको सामग्री बजारीकरणको सम्पूर्ण व्यवस्था संस्थाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    रामपुर नगरपालिकाले यसअघि आयोजना गरेको साबुन, आलु चिप्स, स्वेटर बुन्ने, सिलाइकटाइलगायत तालिमबाट यहाँका अधिकांश महिला उद्यमी भएका छन् ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend