Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गुल्मीमा आगो निभाउने दमकल चालकलाई सम्मान


३०, वैशाख २०८१
  • 119
    SHARES
  • गुल्मीमा आगो निभाउने दमकल चालकलाई सम्मान

    गुल्मी । गुल्मीमा आगो निभाउने दमकल चालकलाई सम्मान गरिएको छ ।

    जिल्लाको शुभलक्ष्मी क्लिनिकले शनिबार रेसुङ्गा नगरपालिकाका दमकल चालक कमल पन्थी सहितका पाँच जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।

    क्लिनिकले पन्थी सहित दमकल (बारुण यन्त्र) सहायक कृष्ण बहादुर थापा, नगर प्रहरी जवान बसन्त बस्नेत, जीवन पाण्डे र नगरपालिकाका कार्यालय सहयोगी प्रेम बहादुर मगरलाई सम्मान गरेको हो ।

    उनीहरुलाई सम्मान पत्र, दोसल्ला र मायाको चिनोले सम्मान गरिएको संस्थाका व्यवस्थापक राजेन्द्र विश्वकर्माले जानकारी दिए । गुल्मीमा रहेका १२ पालिकामध्ये सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिकामा मात्र एउटा दमकल छ ।

    उक्त दमकलले सदरमुकाम तम्घासका साथसाथै इस्मा, गुल्मीदरबार, धुर्कोट, अर्घाखाँचीको छत्रदेव लगायतका ठाउँमा सेवा दिइरहेको छ ।

    सोही दमकल लिएर आगो निभाउन खटिने चालकसहितका सदस्यहरुलाई सम्मान गरिएको शुभलक्ष्मी क्लिनिकका प्रबन्ध निर्देशक होम पल्लीले जानकारी दिए ।

    गुल्मीमा यो बर्ष आगलागीबाट एक सय ५० भन्दा बढी घरगोठ जलेर नष्ट हुनुका साथै तीन हजार बन्दा बढी हेक्टर जंगलमा क्षती पुगेको छ ।

    संस्थाका प्रबन्ध निर्देशक पल्लीले जोखिमपूर्ण मानवीय सेवामा लाग्ने जनशक्तिलाई काममा हौसला प्रदान गर्न सम्मान गरेको बताए ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend