Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भुक्तानी नपाएको भन्दै ठेकेदारले लगायो गुल्मीदरबार अस्पतालमा ताला


३१, वैशाख २०८१
  • 164
    SHARES
  • भुक्तानी नपाएको भन्दै ठेकेदारले लगायो गुल्मीदरबार अस्पतालमा ताला

    गुल्मी । ठेकेदार कम्पनीले पूरा भुक्तानी नपाएको भन्दै भवनमा ताल्चा लगाएपछि गुल्मीको गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल अलपत्र बनेको छ ।

    ०८० असारमै निर्माण पूरा भइसकेको उक्त भवनमा ताल्चा लाग्दा एक वर्षसम्म प्रयोगमा आउन सकेको छैन । १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपैयाँमा अर्जुन बिल्डर्स प्रालि तम्घासले ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले अझै २ करोड ७ लाख रकम अझै पाएका छैनन् ।

    गुल्मीदरबार गाउँपालिका–३, धुरेलडाँडामा बनेको उक्त अस्पतालको भवन प्रयोगमा नआउँदै केही ठाउँमा भत्किन र घाँसले घेर्न थालेको छ । लामो समयसम्म अस्पताल भवन सञ्चालनमा नआउनु दुखद पक्ष रहेको स्थानीय थम्मनबहादुर झार्की मगरले बताए ।

    मगरले घर छेउमा अस्पताल बन्ला सुविधा लिन पाइएला भनेर जग्गा उपलब्ध गराए पनि सञ्चालनमा आउन नसक्दा दुख लागेको बताए । सम्बन्धित पक्षले यसबारे ध्यान दिएर भवन सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।

    गुल्मीदरबार गाउँपालिकाका योजना अधिकृत टंक पन्थीले भवनको रकम निकासा गर्नका संघीय मन्त्रालयलाई पालिकाबाट पटकपटक जानकारी गराइएको बताए । तर त्यसको सुनुवाइ नहुँदा भवन अलपत्र बन्न पुगेको उनको भनाए छ ।

    पन्थीले चिकित्सकलगायत स्वास्थ्यकर्मी राख्न आन्तरिक स्रोत नहुँदा अस्पताल चलाउन नसकिएको बताए । नेपाल सरकारले २०७७ मंसिर १५ गते देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो । गुल्मीका अन्य पालिकामा १५ शय्याका र सदरमुकाम तम्घासमा पनि ५५ शय्याको अत्याधुनिक अस्पता भवन निर्माण भइरहेको छ ।

    गुल्मीदरबार गाउँपालिकामा हाल ४ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । जसमध्ये २ वटा वडामा सुरक्षित गर्वपतन सेवा उपलब्ध छ । गाउँपालिकामा हाल स्वास्थ्य चौकीबाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् । त्यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता छ ।

    गाउँपालिकाले यस आर्थिक वर्षमा पालिकामै १५ शय्याको अस्पताललाई सञ्चालनमा ल्याउने भनेको थियो । त्यसका लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा एमबीबीएस डाक्टरको नियुक्ति गरी विशेषज्ञ सेवा प्रवाह गर्ने जनाएको थियो ।

    गाउँपालिकामा एमबीबीएस डाक्टरसहितको सेवा सञ्चालनमा ल्याउदा यहाँका धेरै नागरिक स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको हट्ने गाउँपालिकाको भनाइ थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend