Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाको बागलुङ बुर्तिबाङ सडकखण्ड निर्माण सुस्त


४, जेठ २०८१
  • 381
    SHARES
  • सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाको बागलुङ  बुर्तिबाङ  सडकखण्ड निर्माण सुस्त

    रुद्रमणि भुसाल, अर्घाखाँची । सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाको बागलुङ जिल्लाको बुर्तिबाङ देखि ढोरपाटन शिकार आक्षण जोड्ने २२ किलोमिटर सडकको काम स्वछन्द्र ओमबुद्ध जे.बि कन्सक्ट्रसन निर्माण सेवाको ढिलासुस्तीका कारण सम्झौता अबधि सकिदा समेत सडक अलपत्र पारिदिदा स्थानिय जनप्रतिनिधि र राजनितिक दलहरु आकोर्षित हुदै सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनालाई सडक निमार्णको काम तत्काल अघि बढाइ दिन ज्ञापनपत्र बुझाएका छन् । 

    ढोरपाटन नगरपालिका काबा प्रमुख धन बहादुर कायतको नेतृत्वमा आएका जनप्रतिनिधि र विभिन्न पार्टीका प्रमुखहरुले बुर्तिबाङ देखि ढोरपाटन शिकार आक्षणसम्मको २२ किलोमिटर सडक निर्माण कम्पनीले अलपत्र पारिदा ढोरपाटन नगरपालिकाको कोबाङ ,अधिकारी टोल लगायतका २० हजार नागरिकले सास्ती भोग्नु परेको नेकपा माओबादी केन्द्रका नेता दिलिप कुमार थापाले बताए । 

    स्वछन्द्र ओमबुद्ध जे.बि कन्सक्ट्रसन निर्माण सेवाले निर्माण अबधि ३ वर्ष सकिदा सम्म पनि जम्मा ३० प्रतिशत मात्र काम गरेका तत्काल सडकको काम कि अघि बढाउन कि ठेक्का रद्ध गर्न सडक योजना प्रमुख अञ्जु परियारलाई आग्रह गरेको बागलुङका एमाले नेता गणेश कुमार थापाले बताए । 

    ज्ञापनपत्र बुझ्दै सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजना प्रमुख परियारले निर्माण कम्पनीलाई पटक पटक ताकेता गरेपनि अटेर गर्ने र ढाट्ने गरेकाले काम हुन नसकेको बताए । यता स्वछन्द्र ओमबुद्ध जे.बि कन्सक्ट्रसन प्रतिनिधि दिपेश लामाले जेठ १० गतेदेखि निरन्तर काम गर्ने टेलिफोनमा काबा नगरप्रमुख र ढोरपाटन सडक प्रमुखलाई प्रतिबद्धता व्यक्त गरेका थिए।

    ज्ञापन पत्र बुझाउन बागलुङको ढोरपाटन नगरपालिकाका काबा प्रमुख धन बहादुर कायत,नेकपा एमालेका प्रतिनिधि गणेश कुमार थापा , नेकपा माओबादीका भिम गौतम , दिलिप कुमार थापा , राष्ट्रिय जनमोर्चाका दिपक थापा , वडा अध्यक्षहरु भेक बहादुर खत्री , दिपेन्द्र पुन् , उमेश कुमार बुढा , स्थानीय रमबहादुर घर्ती लगायतको टोलीले बागलुङ जिल्लाको ढोरपाटनबाट सन्धिखर्क आई सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजना प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन् ।

    Messenger_creation_185d0500-a673-475a-b6ce-c70bd021e89c.jpeg

     

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend