Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै


५, जेठ २०८१
  • 178
    SHARES
  • देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै

    लुम्बिनी । २५६८ औं बुद्धजयन्ती देवदहमा सप्ताहव्यापी रुपमा मनाउने निर्णय गरिएको छ ।

    लुम्बिनी विकास कोष सहित देवदहमा रहेका विभिन्न बुद्धसँग सम्बन्धित संघसंस्थाहरुले संयुक्त रुपमा बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउने भएका हुन् ।

    लुम्बिनी विकास कोषद्धारा गठित रामग्राम देवदह समन्वय उपसमितिको देवदहमा बसेको बैठकले सरसफाई, नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता, यशोधरा उत्सव एंव दीप्रज्वलन गर्ने निर्णय गरेको हो ।

    कोषका कोषाध्यक्ष एंव उपसमितिका संयोजक सिद्धिचरण भट्टराईले बौद्धसंघसंस्थाहरु सहितको बैठकले देवदहमा बुद्धजयन्तीलाई उत्सवमय बनाउने निर्णय गरिएको जानकारी दिए ।

    बैठकले जेठ ८ गते विहान ७ बजे देवदहका बुद्धसँग जोडिएका क्षेत्रहरुमा सरसफाई, विहान ११ बजेदेखि नगरस्तरीय बुद्धमावली र देवदह बिषयक वक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरिएको उनले बताए ।

    बुद्धको मावलीका रुपमा चिनिएको देवदहमा बुद्धजयन्तीका दिन बौद्ध स्थल र घरघरमा दीप प्रज्वलन गर्ने समेत निर्णय भएको कोषाध्यक्ष भट्टराईले बताए ।

    यस्तै जेठ ९ गते देवदह नगरपालिका, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका संस्थाहरुसँग सहकार्यमा देवदहमा बुद्धजयन्ती समारोहमा सहकार्य र सहभागी हुने एवं जेठ १० गते लुम्बिनीमा हुने मूल समारोहमा देवदहबाट प्रतिनिधित्व गर्ने निर्णय भएको लुम्बिनी विकास कोष देवदह सम्पर्क कार्यालयका प्रमुख दामोदर सापकोटाले बताए ।

    बैठकमा लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, देवदह नगरपालिका वडा न. ८ का वडाअध्यक्ष हरि पाण्डे, देवदह धर्मोदय सभाका अध्यक्ष टेकबहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend