Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीका आगलागी पिडितलाई राहत वितरण


७, जेठ २०८१
  • 361
    SHARES
  • अर्घाखाँचीका आगलागी पिडितलाई राहत वितरण

    अर्घाखाँची । लायन्स क्लब अफ काठमाण्डौ ढिकुरा र लायन्स क्लब काठमाण्डौ अटल पिगलास्थानको सक्रियतामा आज आगलागीमा परि घरगोठ जलेर नष्ट भएका धारापानी ,ढाकाबाङ्ग र ढिकुराका आगलागी पिडित स्थानिय र जनप्रतिनिधिलाई सन्धिखर्कमा राहत वितरण गरिएको छ ।

    क्लबले भुमिकास्थानको, धारापानी , ढाकाबाङ्ग , ढिकुरा , असुरकोट ,छत्रदेब,केरुङ्ग, पाणिनि मैदान , गरि झन्डै १९ घरपरिवारलाई लगाउने केहि थान कपडा , साबुन लगायतका समाग्री हस्तारण गरिएको लायन्स क्लब अफ काठमाण्डौ ढिकुराकी अध्यक्ष गिता भट्टराई भुसालले बताउनुभयो ।

    0d601817-2ed8-477a-b56a-5b10fa0aa7c9.jpg

    आगलागीबाट लत्ता कपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा लायन्स क्लब काठमाण्डौ अटल पिगलास्थान प्रदान गरेको सहयोगले जीवनयापन गर्न सहज हुने लायन्सकी अध्यक्ष शान्ता अर्यालले जानकारी दिनुभयो ।

    उहाँहरुको सक्रियतामा जम्मा गरेको सामाग्री भुमिकास्थान नगरपालिका नगरपालिका वार्ड नं. १ का अध्यक्ष गोपाल खनाल , धारापानी ,ढाकाबाङ्ग सन्धिखर्क सम्पर्क मञ्चका अध्यक्ष तुल्सीराम खनाल , लायन्स क्लब अफ काठमाण्डौ ढिकुराकी अध्यक्ष गिता भट्टराई भुसाल, लायन्स क्लब काठमाण्डौ अटल पिगलास्थान अध्यक्ष शान्ता अर्याल लगायतको उपस्थिती रहेको थियो ।

    यस्तै केहिदिन अघि पनि लायन्स क्लबले राहत स्वरुप एक हजार लिटरको पानी ट्यान्की ,सिरक डसना , प्रेसर कुकर गरि प्रती परिवार २५ हजार बराबरको सामाग्री वितरण गरेको थियो ।

    राहत सामाग्रीको लागी लायन्स क्लब केन्द्रबाट ३ लाख, जिल्लाबाट १ लाख आर्थिक सहयोग गरि ४ लाखको राहत सामाग्री वितरण गरिएको हो । क्लबले जिल्लाको विभिन्न क्षेत्रमा रचनात्मक तथा सहयोगका कार्यहरू गर्दै आइरहेको छ ।

    70351956-fd33-4bbc-948e-b451bde1ec97.jpgded198ae-bd91-4481-8f8c-4498f9afee00.jpg

     

     

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend