Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विप्लवलाई महासचिव बनाउने प्रसङ्गले माओवादीमा हलचल


११, असार २०८०
  • 93
    SHARES
  • विप्लवलाई महासचिव बनाउने प्रसङ्गले माओवादीमा हलचल

    काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा समाजवादी मोर्चा बनेको छ । मोर्चाको बारेमा अनेकन टिप्पणी भैरहेको भए पनि माओवादीभित्र भने यसले हलचल पैदा गरेको छ । मोर्चामा सहभागी नेत्रविक्रम चन्दको विषयलाई लिएर हलचल भएको हो । माओवादी केन्द्रमा यतिबेला महासचिवमा देव गुरुङ क्रियाशील छन् । वर्षमान पुन र जनार्दन शर्माले महासचिवमा दाबी गरेपछि गुरुङलाई लटरी परेको थियो । तर विप्लवसहितको मोर्चा बनेपछि भने गुरुङ, पुन र शर्मा प्रचण्डसँग सशंकित बनेका छन् । 

    माओवादीभित्रका नेताहरुले विप्लवलाई प्रचण्डले महासचिव दिएर पार्टी एकीकरण गर्न लागेको पनि आशंका गरेका छन् । केही दिनअघि विप्लवले पनि माओवादीको महासचिव मात्रै होइन अध्यक्ष नै हुने हो भनेपछि झन् तरंगित भएका छन् । माओवादीका कार्यकर्ताहरुले विप्लवलाई पनि पार्टीमा ल्याउनपर्छ भनिरहेका बेला प्रचण्डले अहिले भएका नेताहरुलाई ‘साइज’मा राख्न पनि विप्लवको साथ लिन सक्ने आशंका जन्मिएको हो । 

    माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, एकीकृत समाजवादी र नेकपा मिलेर समाजवादी मोर्चा नेपाल गठन भएको छ । मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति छ । अहिले मोर्चाको संयोजक प्रचण्ड आफैँ छन् । समाजवादी मोर्चाको वकालत गर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई भने मोर्चामा समेटिएनन् । तर पनि पार्टी एकता गरेर बाबुराम पनि त्यसको संयोजक बन्ने दाउमा छन् । 

    पछिल्लो समय विप्लवले प्रधानमन्त्री प्रचण्डलाई मोर्चा बनाउन साथ दिएकाले पनि माओवादीका दोस्रो तहका नेताहरुले बढी शंका गरेका हुन् । ‘माओवादी केन्द्रसँग एकता भए विप्लवलाई महासचिव बनाइउने संभावना छ’, विप्लव समूहका एक नेताले भने । ती नेताका अनुसार विप्लवलाई महासचिव बनाइएमा पार्टी एकीकरण हुनसक्छ । यद्यपि अहिलेको अवस्थामा विप्लव समूह सबैभन्दा बढी सम्पत्ति जोडेन पार्टीमा पर्छ । 

    नवलपरासीमा पार्टीको केन्द्रीय कार्यालय निर्माणमा जुटेको विप्लव समूहले भूमिगत कालमा पार्टीका लागि धेरै सम्पत्ति जोडेकाले पनि माओवादीसँग एकीकरण हुँदैन कि भन्ने अनुमान गरिए पनि कार्यकर्ताहरुले माओवादीभित्र उचित जिम्मेवारी पाए जान हुने सुझाव दिइरहेका छन् । यता माओवादी कार्यकर्ताहरुले पार्टी क्षयीकरणको दिशामा गएकाले पार्टीबाट बाहिर रहेकाहरुलाई चाँडै ल्याउन जोडबल गरे पनि पुन, शर्मा र गुरुङ बाधक हुन सक्ने संभावना रहेको स्रोतको दाबी छ । 

    अहिले विप्लव माओवादीसँग एकताको लागि तयार भए महासचिव बनाउने प्रचण्डको तयारी रहेको हल्ला गरिएको छ । पछिल्लो समय माओवादीहरुलाई एकताबद्ध बनाउने अभियानमा प्रचण्ड जुटिसकेका छन् । यसको लागि प्रचण्डका विश्वासपात्रको रुपमा कृष्णबहादुर महराले निर्णायक भूमिका खेलिरहेका छन् । विप्लवसँग महरा नै निरन्तर सम्वादमा छन् । विप्लवमा जनताको पनि समर्थन रहेकोले प्रचण्डले उनको साथ खोजेको चर्चा हुने गरेको छ । 

    प्रचण्ड आगामी ०८४ को निर्वाचनमा ०६४ को निर्वाचनमा माओवादीले हासिल गरेको सफलता दोहोर्याउने चाहनामा विप्लवलाई पार्टीमा ल्याउने भन्दै एक प्रकारले पार्टीभित्र महासचिवका दुई आकांक्षी र अहिलेका महासचिवलाई तर्साइरहेको स्रोतको दाबी छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend