Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पैदल हिँडेरै सगरमाथाको चुचुरोमा


२३, जेठ २०८१
  • 149
    SHARES
  • पैदल हिँडेरै सगरमाथाको चुचुरोमा

    काठमाडौँ । ‘लामा दाइ’ का नामले परिचित पेसेवर ट्रेकिङ गाइड राजेश लामाले काठमाडौँबाट पैदलयात्रा गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

    मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले काठमाडौँबाट पैदल हिँडेको ५७ औँ दिनमा सगरमाथाको चुचुरोमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “अप्रिल १ मा काठमाडौँबाट पैदलयात्रा थालेर चुनौतीपूर्ण भूभाग पार गरेर १५ दिनमा लुक्ला पुगेँ । यात्राको २४ औँ दिनमा सगरमाथा आधार शिविर पुगेर आरोहणको तयारीमा लागेँ ।”

    आरोहण अभ्यासकै क्रममा अप्रिल २७ मा लबुचे शिखर चढेको बताउँदै उहाँले मे १५ मा सगरमाथा आधार शिविरबाट पाँच दिनको आरोहणपछि सगरमाथाको चुचुरोमा पुगेको बताउनुभयो । ५७ दिनको यात्राको अवधिमा कुल ४३२.६ किलोमिटर दुरी पार गरेको उहाँले जानकारी दिनुभयो ।

    नेपालको पर्यटन उद्योगमा एक दशकभन्दा बढी समयदेखि सक्रिय उहाँ अनुभव प्राप्त पेसेवर ट्रेकिङ गाइड हुनुहुन्छ । सन् २००९ देखि उहाँले ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका उहाँलाई सगरमाथाको पैदलयात्रामा नर्थ फेस नेपालले सहयोग गरेको थियो ।

    कार्यक्रममा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले जलवायु परिर्वतनका कारण हिमालमा पारेको असर न्यूनीकरण गर्न हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

    हिमालका सम्भावनालाई उजागर गर्दै दिगो पर्वतीय अवधारणामा जोड दिन आवश्यक रहेको बताउँदै उहाँले जलवायु परिवर्तनकै कारण हिमाल, हिमनदी र हिमतालमा पुगेको असरले हिमाली वनस्पति, जीवजन्तु, चराचुरुङ्गीलगायत रैथाने बालीमा सङ्कट निम्तिरहेको जानकारी दिनुभयो । 

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend