विराटनगर । कोशी प्रदेशमा माओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने जनाएको छ । बिहिवार बसेको माओवादी संसदीय दलको बैठकले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।
बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । कार्कीले आज बस्ने प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।