इलाम । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले आक्रमणको प्रयास गरेका छन् । ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका भट्टराईलाई कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले आक्रमणको प्रयास गरेका हुन् ।
एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा बाटो रोकेर अवरोध गरेका थिए । उनीहरुले पहिचान विरोधी होसियार भन्दै भट्टराई बिरुद्ध नाराबाजी गरेका थिए । प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई कालो झण्डा देखाएका हुन् ।
उक्त कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरे र भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।