Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते


२९, जेठ २०८१
  • 402
    SHARES
  • ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते

    गुल्मी । सोमबार राती गुल्मी र अर्घाखाँचीको सिमाना देउरालीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन ।

    अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका-७ देउराली तम्घासको भित्रि कच्ची सडकमा ना ८ ख ६६४४ नम्बरको ट्रिपर सडकदेखि करिब ७० मिटर तल खस्दा त्यसमा सवार सन्धिखर्क नगरपालिका–८ खाँचीका २६ बर्षिय रामलाल पुरीको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

    सोही दुर्घटनामा परि छत्रदेव गाउँपालिका–७ का ३३ वर्षिय रिसभ केसी र सितगंगा नगरपालिका–२ का २९ वर्षीय नविन घिमिरे घाईते भएका छन ।

    घाईते दुबै जनालाई गएराती नै गुल्मी अस्पतालले लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी शंकर पोखरेलले जानकारी दिए ।

    घाईतेमध्ये केसी बोल्न सक्ने र घिमिरे बोल्न सक्ने अवस्थामा नभएको पोखरेलको भनाई छ । राती पौने दश बजे भएको दुर्घटनाको जानकारी पाउनासाथ अस्थाई प्रहरी पोष्ट अर्घातोसका प्रहरी नायव निरीक्षक सुर्यप्रसाद पन्थीको कमाण्डमा घटनास्थलमा पुगेको टोलीले उद्धार गरेको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend