Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रोल्पाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा


२९, जेठ २०८१
  • 265
    SHARES
  • रोल्पाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा

    रोल्पा । रोल्पा जिल्लाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा भएका छन् ।

    रोल्पा जिल्लाका स्थानीय तह अन्तर्गत नगरपालिका तथा गाउँपालिकास्तरीय खोप समन्वय समितिहरुको आयोजनामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

    स्वास्थ्य कार्यालय रोल्पाले दिएको जानकारी अनुसार रोल्पा जिल्लाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताइएको छ । १ वटा नगर पालिका र ९ वटा गाउँपालिका गरी रोल्पा जिल्लाका १० वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदीले बताए ।

    हामीले रोल्पा जिल्लाका सबै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएका छौँ, सुवेदीले भने । अब सबै मिलेर रोल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न बाँकी छ,जिल्ला घोषणा पनि हामीले छिट्टै गर्छौं, उनले भने ।

    त्यसका लागि सबै प्रक्रिया पुरा भएको छ कि छैन भनेर २७ जेठ २०८१ मा बसेको जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकले प्रदेश स्तरीय खोप समन्वय समितिलाई अनुगमन गर्न आग्रह गर्‍यो र मापदण्ड पुरा भएको छ गर्नुहोस् भनेपछि हामीले रोल्पा जिल्लालाई असार पहिलो हप्ता पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्छौं, प्रमुख सुवेदीले भने ।

    १. रोल्पा जिल्लामा घोषणा भएका स्थानीय तह :

    रोल्पा जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा पहिले घोषणा भएको स्थानीय तह सुनिल स्मृती गाउँपालिका रहेको छ भने अन्तिम गंगादेव गाउँपालिका रहेको छ । २ जेठ २०८१ मा सुनिल स्मृति गाउँपालिका घोषणा भएको थियो ।

    ३ जेठ २०८१ मा त्रिवेणी गाउँपालिका घोषणा भएको थियो । ७ जेठ २०८१ मा रोल्पा नगरपालिका घोषणा भएको थियो । १३ जेठ २०८१ मा लुङ्ग्री गाउँपालिका घोषणा भएको थियोे । १७ जेठ २०८१ मा माडी गाउँपालिका घोषणा भएको थियो ।

    १८ जेठ २०८१ मा सुनछहरी गाउँपालिका घोषणा भएको थियो । १९ जेठ २०८१ मा परिवर्तन गाउँपालिका घोषणा भएको थियो । २२ जेठ २०८१ मा रुन्टिगढी गाउँपालिका घोषणा भएको थियो । २४ जेठ २०८१ मा थबाङ गाउँपालिका घोषणा भएको थियो । २५ जेठ २०८१ मा गंगादेव गाउँपालिका घोषणा भएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । 

    २. पूर्णखोप घोषणाका मावदण्ड :

    स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि नेपाल सरकारले तयार गरेको राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले विभिन्न १३ प्रकारका खोप निस्शुल्क पाउने व्यवस्थापन गरेको छ ।

    प्रत्येक स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुले शून्यदेखि ५९ महिनाको बालबालिकाको घरधुरी अनुमानित संख्या सर्वेक्षण ,शून्यदेखि १५ महिनासम्मका बालबालिका संख्या ,१६ देखि २३ महिनाका बालबालिका संख्या, २४ देखि ५९ महिनाको बालबालिका संख्या, शून्यदेखि ५९ महिनासम्मका बालबालिका घरधुरी सर्वेक्षण पूर्णखोप सुनिश्चितता घोषणाका लागि दिइएको संख्या, खोप लगाउन छुट १६ देखि ५९ महिनाका बालबालिका संख्या र शून्य डोज खोप पाएका बालबालिका संख्या लगायत सुचकको आधारमा मुल्यांकन र मापदण्ड अनुसार घोषणा गर्ने गरिन्छ ।

    444762033_441956645136846_750605927426047028_n.jpg442423486_1857617004702716_791257498321787476_n.jpg445968205_1938244116618639_5004966011492816447_n.jpg442660645_367859372510116_7312780170320703487_n.jpg

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend