Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची भौतिक विकासले अगाडि भएतापनि स्वास्थ्यको हिसाबले पछाडि छ : डा.कटुवाल


३१, जेठ २०८१
  • 421
    SHARES
  • अर्घाखाँची भौतिक विकासले अगाडि भएतापनि स्वास्थ्यको हिसाबले पछाडि छ : डा.कटुवाल

    अर्घाखाँची । पेट, छाती, मुटु ,प्रेसर ,सुगर र थाइराइड रोग विशेषज्ञ डा.पवन कटुवालले आर्थिक रूपमा विपन्न वर्गका बिरामीहरूलाई उचित परामर्श सहित निशुल्क चेक जाँच गर्ने बताएका छन ।

    अर्घाखाँची जिल्लामा क्रियाशिल सञ्चारकर्मीसँग सक्षिप्त आयोजना गरिएको परिचयात्मक कार्यक्रममा बोल्दै डा.कटुवालले यस्तो बताएका हुन ।

    विगत लामो समयसम्म जिल्लाबासीको मन मुटुमा बस्न सफल भएका डा.कटुवालको आगमनले जिल्लाबासी निकै हर्षित छन् ।

    लामो समयसम्म जिल्लाबासीलाई सहुलियत र सहज तरिकाले सेवा दिएका कटुवाल अध्ययनको शिलशिलामा काठमाण्डौमा विशेषज्ञता हासिल गरी पुन जिल्लाबासीको सेवा गर्ने मनोशायले अर्घाखाँची आएका हुन ।

    डा.कटुवालले स्वास्थ्य सेवा गरिबदुखी निमुखाको पहुँचमा हुनुपर्छ भन्ने मनोशायले सुगम जिल्लामा भन्दा विकट जिल्ला रोजेर अर्घाखाँची आएको बताउँदै अर्घाखाँचीमा रहँदा विपिन फार्मेसी र अर्घाखाँची अस्पतालबाट बिरामीलाई सहज र सुलभ सेवा प्रदान गर्ने तर्क गरे ।

    भौतिक विकास र शिक्षाको विकासले अर्घाखाँची अगाडि भएतापनि स्वास्थ्य क्षेत्रको विकासमा जिल्ला पछाडि रहेको उल्लेख गदैँ अब जिल्लाबासीलाई बुटवल काठमाण्डौमा हुने उपचार आधुनिक प्रविधिबाट आफुले उपलब्ध गराउने डा.कटुवालले बताएका छन ।

    बिरामीको उपचारमा रमाउनु चिकित्सकको दायित्व रहेकोले आफु दिन रात नभनी बिरामीको उपचार गर्ने धारणा राख्दैँ सरकारले सरकारी अस्पताललाई गुणस्तरीय बनाउन नसक्नु विकासका दृष्टिकोणले पछाडि परेकोले स्वास्थ्य क्षेत्रको विकासले नै जिल्लाको विकास हुने भएकोले स साना बिरामीको उपचारको लागि काठमाण्डौ बुटवल जानुपर्ने समस्यालाई निराकरण गर्ने बताएका थिए ।

    कार्यक्रममा पत्रकार महासघका अध्यक्ष अशोक खनाल, विपिन फार्मेसीका व्यवस्थापक सुर्य थापा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा जिल्लाका क्रियाशिल सञ्चारकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो ।

    6225f1ef-6f6d-4f4e-8f9b-647e78c395b5.jpg

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend