Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्छ - सभामुख घर्ती


१६, असार २०८०
  • 246
    SHARES
  • प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्छ - सभामुख घर्ती

    बुटवल । लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्ने आवश्यकता औल्याएका छन् । ६५ औँ संसद् दिवसको अवसरमा सनिवार शुभकामना सन्देश जारी गर्दै  ‘संसद्को गरिमा र आवश्यकताको महत्व बोध गरी शक्ति पृथकीकरणको संसदीय सिद्धान्त अनुरुप विधायीकाको समेत कार्य गर्ने प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्ने आवश्यकता रहेको बताए ।, 

    सभामुख घर्तीले शुभकामना सन्देशमा बदलिदो परिस्थितीको वर्तमान परिपेक्षमा संसद्को गरिमा र भूमिका अझै बढोत्तरी रहेको औल्याए । सभामुख घर्ती मगरले नेपालको राजनीतिक परिपेक्ष्यमा यसको छुट्टै गरिमा र महत्व रहेको जनाउदै संसदको गरिमालाई बचाउदै जनताको समस्यालाई मुखरीत गरी प्रदेश सभाप्रति विश्वास दिलाउन सकिने बताए । शुभकामना सन्देशमा सभामुख घर्ती मगरले जनप्रतिनिधिको रुपमा जिम्मेवारीका साथ सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले संसदीय अनुशासन र मर्यादा कायम गरी कानून अनुसार संसदलाई मर्यादित, व्यवस्थित र अनुशासित बनाई जनताका मुद्दालाई सम्बोधन गर्न समेत सक्नु पर्ने  व्यक्त गरे ।

    ‘संसद दिवसले जनपक्षीय कानुन बनाउदै जनता प्रति उत्तरदायी र जवाफदेही बन्न प्रेरणा प्रदान गर्ने छ भन्ने अपेक्षा सहित पुनः शुभकामना व्यक्त गरे । विसं २०१६ असार १६ गते नेपालको पहिलो ‘संसद्’को बैठक बसेको थियो । प्रथम संसद्ले १८ महिना पार नगर्दै विसं २०१७ मा संसदीय व्यवस्था विघटन भयो । २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भई प्रतिनिधिसभा र राष्ट्रियसभा ‘संसद्’ को पुनःबहाली भयो । हाल प्रतिनिधिसभा र राष्ट्रियसभा सहितको द्विसदनात्मक ‘सङ्घीय संसद्’ कार्यान्वयनमा रहेको छ ।

    354053560_205962032008748_4747050622440651868_n.jpg

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend