Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सैनामैनामा युवाका मुद्धामा बहस पैरवी कार्यक्रम सम्पन्न 


२, असार २०८१
  • 331
    SHARES
  • सैनामैनामा युवाका मुद्धामा बहस पैरवी कार्यक्रम सम्पन्न 

    सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा राष्ट्रिय युवा परिषद् अन्तरगत युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ ।

    सैनामैना नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार सैनामैना २ को बामरी पार्टी प्यालेसको सभाहलमा युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम सम्पन्न भएको हो ।

    नगरपालिकाका ११ वटै वडाका युवाको प्रतिनिधित्व हुने गरी करिव ८० जनाको उपस्थितीमा युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी भएको थियो ।

    युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी गणेश खनालको सहजीकरण र जवाफदेहीका रुपमा सैनामैना नगरपालिकाकी उप–प्रमुख विना राना, शिक्षा तर्फबाट सहिद नारायण पोखरेल रामापुर क्याम्पसका पुर्व क्याम्पस प्रमुख दिनेश पन्थी, मिडियाको तर्फबाट रातोपाटी अनलाइनका लुम्बिनी प्रदेश व्युरो तेजेन्द्र केसी, राजनैतीक तर्फबाट अभियान्ता तथा राजनैतिक कर्मी सरिता श्रीस र राष्ट्रिय युवा परिषद्का प्रशिक्षक डा.आविष्कार पराजुली लगायत थिए ।

    युवाका मुद्दामा बहस पैरवी कार्यक्रममा सैनामैना नगरपालिकाकी उप–प्रमुख विना रानाले आगामी दिनमा युवा लक्षित कार्यक्रमलाई विशेष प्राथमिकता दिने बताईन । युवालाई संगठित गरेर युवाका आवश्यकता, सुझावलाई मनन गर्दै युवा संशक्तिकरणको लागि नगरपालिकाले जुन कार्यक्रमको थालनी गरेको छ यसलाई पुर्णता दिन युवाहरु पनि सकारात्मक रुपमा सक्रियताका साथ लाग्नुपर्ने उनले बताईन ।

    जस्तोसुकै काममा युवाको साथ सहयोग निरन्तर रहने खालको वातावरण भयो भने विकासमा सहज हुने भन्दै उप–प्रमुख रानाले युवामा एकता हुनुपर्नेमा जोड दिईन । सहिद नारायण पोखरेल रामापुर क्याम्पसका पुर्व क्याम्पस प्रमुख दिनेश पन्थीले युवामैत्री स्थानीय शासन सञ्चालनका लागि कस्ता मुद्धा प्राथमिकतामा पर्छन, युवाका अधिकार, स्वतन्त्रता, वर्तमान शिक्षाको अवस्था र विकासका बारेमा युवाहरुलाई प्रशिक्षण दिएका थिए ।

    यस्तै रातोपाटी अनलाइनका लुम्बिनी प्रदेश व्युरो तेजेन्द्र केसीले युवामैत्री स्थानीय शासन सञ्चालनमा मिडियाको भुमिका, वर्तमान समयमा मिडियाको अवस्था, मिडियाले समाजमा खेलेको भुमिका, खोज पत्रकारिता भन्दा केहि पत्रकारहरुले नम्स भन्दा बाहिर रहेर गलत समाचार प्रयोग गरी व्यवसाय गरेको लगायतका विषयमा आफना भनाइ प्रस्तुत गरेका थिए ।

    अभियान्ता तथा राजनैतिक कर्मी सरिता श्रीसले युवामा बढ्दै गएको राजनैतिक वितृष्ण, राजनैतिकमा सक्रिय बन्न के गर्न सकिन्छ, कुनै पनि क्षेत्रमा असफल भएपछि अन्तिम विकल्प राजनैतिकमा लाग्ने प्रवृतीका विषयमा युवाहरुलाई बताएकी थिईन भने राष्ट्रिय युवा परिषद्का प्रशिक्षक डा.आविष्कार पराजुलीले युवा परिचालन, युवाको अहिलेको अवस्था, युवाका अवसर र चुनौती, युवा वैदेशिक पलायनका विषयमा युवाहरुलाई प्रशिक्षण गरेका थिए ।

    बहस कार्यक्रममा युवाहरुले स्थानीय तहले बेरोजगारको समस्या समाधान हुने खालका स्वरोजगारमूलक युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend