Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

छत्रकोट गाउँपालिकाले पेश गर्यो आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रम


४, असार २०८१
  • 257
    SHARES
  • छत्रकोट गाउँपालिकाले पेश गर्यो आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रम

    गुल्मी । गुल्मीका स्थानीय तहले आर्थिक वर्ष २०८१/२०८२ का लागि नीति तथा कार्यक्रम पेश गर्न सुरु गरेका छन ।

    गुल्मीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरेका हुन् । यसै क्रममा जिल्लाको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले आर्थिक वर्ष २०८१/२०८२ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

    १८ औं गाउँसभाको पहिलो बैठकमा अध्यक्ष पाण्डेयले आर्थिक वर्ष २०८१/२०८२ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पालिकाको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको उल्लेख छ ।

    गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणको थालनी, बन्दै गरेका स्वास्थ्य चौकी निर्माणको पुर्णता दिइने, डायलासिस गराईरहेका मृगौला रोगी, क्यान्सर रोगी, मुटुको गम्भीर रोगी, मेरुदण्डको पक्षघात भएका बिरामीलाई बिशेष सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    नि:शुल्क रगत परिक्षण, रुपन्देहीमा उपचाररत बिरामीलाई निशुल्क रगत, मोतियाबिन्दुको निशुल्क शल्यक्रिया, सामुदायिक महिला स्वयंम सेविकाको प्रोत्साहन गरिने बताइएको छ ।

    यस्तै शिक्षालाई प्रविधिमैत्री र गुणस्तीय बनाउन एक शिक्षक एक ल्यापटप कार्यक्रम, टाढाका विद्यार्थीलाई यातायातको व्यवस्था, वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यालयका प्रधानाध्यापकलाई सम्मान, उत्कृष्ट नतिजा दिने बिषयगत शिक्षकलाई सम्मान, दिगाममा रहेको क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थिलाई पहिलो वर्षका लागी पुर्ण छात्रवृत्ति प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    छत्रकोट गाउँपालिकामा आगामी आर्थिक वर्षदेखी घर बनाउँदा अनिवार्य नक्सा पास गर्नुपर्ने नीति गाउँपालिकाले लिएको छ । व्यवसाय दर्ता र नविकरणलाई कडाईका साथ लागू गर्ने तथा दौंघाको चुन ढुंगा खानीको अध्ययन् गरिने, पालिकामा पर्यटन प्रवद्र्धन गर्न “रुरु रेसुङ्गाको धार्मिक आस, छत्रकोटमा बसौं बास” भन्ने नारा साकार गर्न पल्लिकोटमा होमस्टे संचालन गर्ने नीति तथा कार्यक्रम अध्यक्ष पाण्डेले प्रस्तुत गर्नुभयो ।

    त्यस गाउँपालिका भित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरुलाई गाउँपालिकामा अभिलेखिकरण गर्ने व्यवस्था गरी आवश्यक नियमन गरी प्रभावकारी बनाइने उल्लेछ । विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिने अध्यक्ष पाण्डेले बताउनुभयो ।

    वन संरक्षण, सम्वर्धनका लागि सामुदायिक वन उपभोक्ता महासंघ लगायतका सम्पूर्ण सरोकारवालासँग समन्वयात्मक रुपमा विभिन्न कार्यक्रम गरिने समेत उल्लेख गर्नुभयो । डढेलो बढिरहेको भन्दै डढेलो लगाउने संलग्न व्यक्तिहरुको खोजी गरी आवश्यक कानुनी कारवाही गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । डढेलो लगाउने व्यक्तिको वास्तविक सूचना उपलब्ध गराउने व्यक्तिहरुलाई पुरस्कृत गरिने बताउनुभयो ।

    Chhatrakot_2.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend