काठमाडौं - नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। बैठक बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटारमा बस्न लागेको सचिव गणेश साहले जानकारी दिए।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रले पदाधिकारीको आकस्मिक बैठक बोलाएको साहले बताए।
नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो।
कांग्रेससँग सहमति भएसँगै नेकपा एमालेका मन्त्रीहरूले मंगलबार नै सरकारबाट राजीनामा दिने तयारी गर्दैछन्। यो स्थितिमा कसरी अघि बढ्ने भन्नेमा बैठक केन्द्रित रहने बताइएको छ।