Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अब एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट, दसैंअघि सर्वसाधारणलाई राहत


१५, असोज २०८३
  • 4
    SHARES
  • अब एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट, दसैंअघि सर्वसाधारणलाई राहत

    काठमाडौं । दसैंलगायतका चाडपर्व नजिकिँदै गर्दा नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले एटीएमबाटै १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउन थालेका छन्। यससँगै साना दरका नोट साट्न बैंकका काउन्टरमा लामो लाइन बस्नुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको आग्रहपछि बुधबारदेखि काठमाडौं उपत्यकाका केही प्रमुख स्थानमा रहेका एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था सुरु भएको हो। भने सबै एटीएमबाट भने तत्कालै १०० रुपैयाँका नोट निकाल्न सकिने छैन।

    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालका अनुसार उपत्यकाका दरबारमार्ग, सिंहदरबार, न्युरोडलगायत केही व्यापारिक तथा महत्वपूर्ण स्थानका एटीएममा १०० रुपैयाँ दरका नोट उपलब्ध गराउने प्राविधिक व्यवस्था मिलाइएको छ।

    उनका अनुसार विशेषगरी विद्यार्थी तथा न्यून आय भएका सर्वसाधारणको सहजतालाई ध्यानमा राखेर बैंकहरूलाई आफ्ना एटीएममा १०० रुपैयाँ दरका नोट राख्न आग्रह गरिएको हो। सम्बन्धित बैंकहरूले आफ्ना कुल एटीएममध्ये करिब १५ देखि २५ प्रतिशत मेसिनमा १०० रुपैयाँका नोट राख्न सकिने जानकारी राष्ट्र बैंकलाई दिएका छन्।

    यसअघि अधिकांश एटीएममा १ हजार र ५०० रुपैयाँ दरका नोट मात्र राखिँदै आएको थियो। १०० रुपैयाँ वा त्यसभन्दा कम दरका नोट आवश्यक पर्ने ग्राहकले बैंक तथा वित्तीय संस्थाका काउन्टरमा पुगेर नोट साट्नुपर्ने अवस्था थियो। विशेषगरी दसैं, तिहार तथा छठजस्ता ठूला चाडपर्वमा साना दरका नयाँ नोट लिन बैंकमा सर्वसाधारणको भीड लाग्ने गरेको थियो।

    यही भीड घटाउने उद्देश्यले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई १०० रुपैयाँ दरका नोटसमेत एटीएमबाट वितरण गर्न मिल्ने व्यवस्था गर्न औपचारिक आग्रह गरेको थियो। उक्त पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स संघ नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत पठाइएको थियो।

    यद्यपि, सबै एटीएममा १०० रुपैयाँका नोट राख्न प्राविधिक रूपमा सम्भव छैन। पुराना मोडलका अधिकांश एटीएममा दुईवटा मात्रै क्यासेट वा च्याम्बर हुने भएकाले ती मेसिनमा सामान्यतः १ हजार र ५०० रुपैयाँका नोट राखिँदै आएको बैंकर्सहरू बताउँछन्।

    पछिल्ला वर्षमा जडान भएका नयाँ प्रविधिका एटीएममा भने तीनदेखि चारवटासम्म क्यासेट हुने भएकाले १०० रुपैयाँ दरका नोट राख्न सहज हुन्छ। राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले यस्ता एटीएममा आवश्यक प्राविधिक क्यालिब्रेसन गरी १०० रुपैयाँका नोट राख्न थालेका हुन्।

    सम्बन्धित बैंकरहरूका अनुसार हाल सञ्चालनमा रहेका एटीएममध्ये करिब २५ प्रतिशत नयाँ प्रविधिका भएकाले प्रारम्भिक चरणमा त्यस्ता मेसिनबाट १०० रुपैयाँका नोट उपलब्ध गराउन सकिने अवस्था छ।

    दसैं सुरु हुने घटस्थापनाको दिन नजिकिँदै गर्दा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट निकाल्न सकिने व्यवस्थाले थोरै रकम आवश्यक पर्ने विद्यार्थी, न्यून आय भएका सर्वसाधारण तथा खुद्रा रकम चाहिने ग्राहकलाई सहज हुने अपेक्षा गरिएको छ। साथै, बैंकका काउन्टरमा साना दरका नोट साट्न हुने भीडसमेत कम गर्न यस व्यवस्थाले सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ।

  • सुनचाँदीको मूल्य स्थिर, सुन तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँ

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend