Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढी–पहिरोले देशभरका सडक प्रभावित, कुन–कुन बाटो अवरुद्ध ?


१५, असोज २०८३
  • 37
    SHARES
  • बाढी–पहिरोले देशभरका सडक प्रभावित, कुन–कुन बाटो अवरुद्ध ?

    काठमाडौँ । लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा कतै पूर्ण रूपमा र कतै एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

    विशेषगरी रसुवामा बाढीका कारण प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीले अर्को सूचना जारी नभएसम्म ती सडकखण्ड बन्द रहने जनाएको छ।

    पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ। पहिरोका कारण सडकको आवागमन प्रभावित भए पनि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

    गण्डकी प्रदेशमा बाढी तथा पहिरोका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। बेंसीसहर हुँदै खाङसार जाने मनाङ सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ।

    बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो गएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। बेनी–दरबाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ घुमाउने भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    मुस्ताङको जोमसोम–कोरला सडकखण्ड पनि पहिरोका कारण प्रभावित भएको छ। थासाङ गाउँपालिका–४ काब्रेभिर तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिका–२ मा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पनि यातायात प्रभावित छ। बुलिङटार गाउँपालिका–६ सेल्फीडाँडा/घुमाउरीघाटमा सडक एकतर्फी सञ्चालनमा रहेको छ। बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा पनि कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।

    यस्तै, कर्णाली प्रदेशमा कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मुसेडी र सर्केगार्ड गाउँपालिका–६ स्यालतडीमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    बाढी तथा पहिरोका कारण राजमार्ग र ग्रामीण सडकहरू प्रभावित भइरहेकाले प्रहरीले सम्बन्धित सडकखण्डको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

  • एआईआईबी बैठकमा नेपालको पूर्वाधार प्राथमिकता उठाएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

    काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम

  • महासभामा नेपालको जलवायु एजेन्डा उठाउँदै परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै अमेरिका पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश

  • गृह मन्त्रालयमा ठूलो सरुवा–पदस्थापन, चार जिल्लाका सीडीओ फेरिए

    काठमाडौँ । गृह मन्त्रालयले चार प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठ जना कर्मचारीको सरुवा तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend