Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सिमेन्ट–डन्डीको मूल्यवृद्धिमा व्यवसायीलाई राहत दिने मन्त्री लम्सालको तयारी


१५, असोज २०८३
  • 5
    SHARES
  • सिमेन्ट–डन्डीको मूल्यवृद्धिमा व्यवसायीलाई राहत दिने मन्त्री लम्सालको तयारी

    काठमाडौं । निर्माण सामग्रीको लगातार बढ्दो मूल्यका कारण सडक तथा पूर्वाधार निर्माण प्रभावित भइरहेका बेला सरकारले निर्माण व्यवसायीलाई राहत दिने तयारी गरेको छ।

    भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिमेन्ट, डन्डी, बिटुमिन, डिजेललगायत निर्माण सामग्रीको मूल्यवृद्धिका कारण पुरानो दररेटमा ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीले व्यहोर्नुपरेको अतिरिक्त आर्थिक भारलाई सम्बोधन गर्न विशेष व्यवस्था गर्ने तयारी थालेका हुन्।

    पछिल्लो समय निर्माण सामग्रीको मूल्यमा भएको वृद्धि प्रत्यक्ष रूपमा सडक तथा पूर्वाधार आयोजनाको लागतमा परेको छ। पुरानो लागत अनुमानका आधारमा सम्झौता भएका आयोजनामा सामग्रीको मूल्य एकाएक बढ्दा निर्माण व्यवसायी थप आर्थिक दबाबमा परेका छन्। कतिपय आयोजनामा निर्माणको गति सुस्त हुनुका साथै काम प्रभावित हुने अवस्था आएको व्यवसायीहरूले बताउँदै आएका छन्।

    विशेषगरी सडक निर्माणमा ठूलो परिमाणमा प्रयोग हुने सिमेन्ट, डन्डी र बिटुमिनको मूल्यवृद्धिले निर्माण लागत बढाएको छ। लागतअनुसार भुक्तानी तथा मूल्य समायोजनको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा व्यवसायीले आयोजनाको काम अघि बढाउन कठिनाइ भोग्दै आएका छन्।

    यही समस्यालाई सम्बोधन गर्न मन्त्री लम्सालले निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिको विषयमा सरकार गम्भीर रहेको बताएका छन्। मूल्यवृद्धिको वास्तविक अवस्था अध्ययन गरी निर्माण व्यवसायीलाई राहत पुग्ने गरी आवश्यक कानुनी तथा नीतिगत व्यवस्था मिलाउने तयारी भइरहेको उनको भनाइ छ।

    मन्त्री लम्सालका अनुसार राहतसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने तयारी भइरहेको छ। मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएमा मूल्यवृद्धिको प्रत्यक्ष असर परेका आयोजनामा निर्माण व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

    सरकारले विकास निर्माणका काम प्रभावित हुन नदिने र निर्माण व्यवसायीले व्यहोर्दै आएको वास्तविक समस्या समाधान गर्ने उद्देश्यले आवश्यक प्रक्रिया अघि बढाएको मन्त्री लम्सालले बताएका छन्।

    निर्माण व्यवसायीहरूले भने पछिल्लो समय निर्माण सामग्रीको मूल्यवृद्धि, आयोजनाको लागत र भुक्तानी प्रणालीबीचको असन्तुलनका कारण व्यवसाय सञ्चालनमै कठिनाइ आएको बताउँदै मूल्य समायोजन तथा राहतको माग गर्दै आएका छन्। सरकारले प्रस्तावित व्यवस्था कार्यान्वयनमा ल्याएमा मूल्यवृद्धिका कारण प्रभावित सडक तथा पूर्वाधार आयोजनाको कामलाई निरन्तरता दिन सहज हुने अपेक्षा गरिएको छ।

  • बाढी–पहिरोले देशभरका सडक प्रभावित, कुन–कुन बाटो अवरुद्ध ?

    काठमाडौँ । लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात

  • एआईआईबी बैठकमा नेपालको पूर्वाधार प्राथमिकता उठाएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

    काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम

  • महासभामा नेपालको जलवायु एजेन्डा उठाउँदै परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै अमेरिका पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend