Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पहिरो हटाएपछि कालीगण्डकी करिडोर पुनः सञ्चालनमा


१५, असोज २०८३
  • 39
    SHARES
  • पहिरो हटाएपछि कालीगण्डकी करिडोर पुनः सञ्चालनमा

    गुल्मी । वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध बनेको कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। करिडोरअन्तर्गत हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डमा खसेको पहिरो हटाएपछि बुधबार बेलुकादेखि सडकमा यातायात सञ्चालनमा आएको हो।

    कालीगण्डकी करिडोरको उक्त खण्डका विभिन्न स्थानमा लेदोसहित ठूला ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा तम्घास, बागलुङ, पाल्पा, बुटवल तथा पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका थिए।

    कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर तथा एक्साभेटर प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाएपछि यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

    कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार सत्यवती गाउँपालिकाको रुद्रवेणीदेखि कालीगण्डकीको हर्मिचौर, अर्वेनी हुँदै पुर्तिघाटसम्मका विभिन्न स्थानमा पहिरो खसेको थियो। पहिरो हटाएपछि गाउँपालिकाभित्र अवरुद्ध भएका शाखा सडकसमेत सञ्चालनमा आएका छन्।

    सडक अवरुद्ध भएपछि बीच बाटोमै रोकिएका सार्वजनिक तथा अन्य सवारीसाधन अहिले गन्तव्यतर्फ जान थालेका छन्। सडक सञ्चालनमा आएपछि यस क्षेत्र हुँदै यात्रा गर्ने सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ।

    वर्षाका कारण पहिरो खस्ने क्रम अझै जोखिमपूर्ण रहेकाले सडक प्रयोग गर्ने यात्रुलाई आवश्यक सावधानी अपनाउन स्थानीय प्रशासन तथा सम्बन्धित निकायले आग्रह गरेका छन्।

  • महाकालीमाथिको झोलुङ्गे पुल भाँचियो, दोधारा–भीमदत्त आवागमन अवरुद्ध

    कञ्चनपुर । महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएपछि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend