Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेयर बजारमा गिरावट


२६, असार २०८०
  • 328
    SHARES
  • शेयर बजारमा गिरावट

    काठमाण्डौं । शेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४.७३ अंकले गिरावट हुँदा २०७२.२४ को विन्दुमा बन्द भएको छ । मंगलबार विकास बैंक र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । साथै उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचक बढेपनि अन्य अधिकांश उपसूचक घट्दा नेप्सेमा सामान्य गिरावट भएको हो ।

    विकास बैंक उपसूचक ३.४२ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक २.९९ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.३३ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३८ प्रतिशतले वृद्धि भएको हो । होटल तथा पर्यटन उपसूचकमा १.२६ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.१९ प्रतिशतले गिरावट भएको छ ।

    असार मसान्तमा सेयर बजारमा लगानीकर्ता सक्रियता कम हँदा कारोबार रकम पनि घट्दै गएको छ भने बजार परिसूचक नेप्सेमा पनि खासै उतारचढाव देखिदैन । मंगलबार नेप्सेमा ५४ हजार ९४३ वटा कारोबारमा ७९ लाख ८८ हजार ९८६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ८५ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।

    जसमध्ये हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक १२ करोड ७८ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको १२ करोड ५४ लाख रुपैयाँ र सोल्टी होटलको १० करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल २२५ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७९ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ८ कम्पनीको सेयरमूल्य स्थिर छ ।

    मंगलबार कारोबारमा आएकामध्ये हिमालयन पावर पार्टनरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा पुगेको हो । यस्तै एनआईबीएल समृद्धि फण्ड २ को इकाइमूल्य १० प्रतिशतले बढेको छ । यता सिंगटी हाइड्रोपावरको सेयरमूल्य ५.९६ प्रतिशतले गिरावट हुँदा श्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ५.६९ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.१४ प्रतिशतले गिरावट भएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend