Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ट्रम्प फेरि पुगे पेनेसेल्भिनिया : अर्को विवादास्पद अभिव्यक्ति


२०, असोज २०८१
  • 377
    SHARES
  • ट्रम्प फेरि पुगे पेनेसेल्भिनिया : अर्को विवादास्पद अभिव्यक्ति

    पेनेसेल्भिनिया – विवादास्पद अभिव्यक्तिका लागि परिचित डोनाल्ड ट्रम्प फेरि एक पटक विवादमा आएका छन्।

    गत जुलाइमा उनीमाथि गोली प्रहार भएको पेनेसेल्भिनियामा उनले शनिबार फेरि कार्यक्रमको आयोजना गरे। सोही कार्यक्रमको क्रममा उनले आफूहरूलाई मार्न बारम्बार प्रयास गरे पनि आफू अमेरिकीका लागि जीवितै रहेको जिकिर गरे।

    उनले अप्रत्यक्ष रूपमा वर्तमान राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसमाथि आरोप लगाए। ‘उनीहरूको घृणाले ममाथि प्रहार गर्न प्रेरित गरेको हो,’ ट्रम्पले भने। ती दुवै आक्रमणका बारे छानबिन भइरहेको छ। यसमा उनका प्रतिस्पर्धी राजनीतिज्ञको कुनै संलग्नता पाइएको छैन।

    ट्रम्पको कार्यक्रममा टेस्ला तथा ट्विटरका प्रमुख एलन मस्क पनि उपस्थित भएका थिए। ट्रम्पको पक्षमा बोल्दै उनले निर्वाचन कुनै पनि हालतमा जित्नैपर्ने बताए। गत जुलाईमा ट्रम्प माथि आक्रमण भए लगत्तै मस्कले ट्रम्पको पक्षमा बोल्न सुरु गरेका थिए।

    मस्क उपस्थित हुने भएपछि कार्यक्रममा भीड नै थियो। सोही कार्यक्रममा उनले हेलेन आधीको ल्याएको क्षति र यसलाई गम्भीरतापूर्वक लिने कुरामा बाइडेन प्रशासन चुकेको कुरामा ट्रम्पले बारम्बार जोड दिएका छन्।

    ट्रम्पले अन्य केही विवादास्पद अभिव्यक्ति पनि दिएका छन्। उनले पछिल्लो केही समयको अन्तरालमा १३ हजार ९९ जनाको हत्या भएको बताए। डिपार्टमेन्ट अफ होम ल्यान्ड सेक्भुरिटी (डिएचएस)ले लामो समय तथा बाइडेन प्रशासन भन्दा धेरै अघिको तथ्यांक भए पनि ट्रम्पले यसलाई छोटो समयको भनेर व्याख्या गरेको बताए।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend